बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

कल्याण उपकार सेभिङ्गका ६ जनाविरुद्ध पक्राउ पुर्जी

१५१ जनाले दिए जाहेरी
शुक्रबार, ०७ वैशाख २०८१, १७ : ०५
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । ललितपुरको कुमारीपाटीस्थित कल्याण उपकार सेभिङ्ग एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष हुन्, लीलाबहादुर गुरुङ । उनी हाल ललितपुर प्रहरीको हिरासतमा छन् । उनीमाथि कल्याण उपकार सेभिङ्ग  एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको निक्षेप अपचलन गरेको आरोप छ ।

उनीविरुद्ध सीआईबीले पनि काठमाडौँस्थित नयाँ कृषि सहकारीको रकम हिनामिना प्रकरणमा अनुसन्धान गरेको थियो । नयाँ कृषि सहकारी प्रकरणमा मुद्दा नचल्ने निर्णयसँगै उनलाई ललितपुर प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । गुरुङ नयाँ कृषि सहकारीको पनि उपाध्यक्ष हुन् ।

कल्याण सेभिङ्ग एन्ड क्रेटिमा जम्मा गरेको निक्षेप हिनामिना गरेको आरोपमा ६ जना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी हुनेमा काठमाडौँ महानगरपालिका–१८ घर भएका रोशनमान वैद्य, काठमाडौँ महानगरपालिका–९ घर भएका रामकृष्ण जयखु श्रेष्ठ, काठमाडौँ–१६ का मोहन कृष्ण गुरुङ, ललितपुर महानगरपालिका–२० घर भएकी चण्डिका श्रेष्ठ जोशी, ओखलढुङ्गा रुम्जाटारकी मुंङ्गा गुरुङ र काठमाडौँ– १५ घर भएकी सरिता महर्जन छन् । उनीहरू सबै सो सेभिङ्ग एन्ड क्रेडिट को–अपरेटिभका सञ्चालक हुन् ।

कल्याण सेभिङ्गको रकम हिनामिना गरेको आरोपमा अहिलेसम्म १५१ जना पीडितले जाहेरी दिएका छन् । ३९ जना निक्षेपकर्ताहरू प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी (एसपी) नरेशराज सुवेदीले रातोपाटीलाई बताए । सुवेदीले भने– ‘जाहेरी आउने क्रम जारी छ ।’

अहिलेसम्म परेको जाहेरीअनुसार २८ करोड ११ लाख ७१ हजार रकम हिनामिना भएको भेटिएको छ । तर, सहकारीको कागजात अध्ययन र जाहेरीको सङ्ख्याअनुसार सो रकम बढ्ने अनुसन्धान अधिकृतहरु बताउँछन् । अहिलेसम्म परेको जाहेरी संंख्या ६० वटा छ ।

कल्याण उपकार सेभिङ्ग एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष गुरुङ ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ का स्थानीय हुन् । ५२ वर्षीय गुरुङ उनी ललितपुर महानगरपालिका वडा नम्बर–४ स्थित बागडोलमा बस्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप