सहकारी हिनामिना प्रकरण
सीआईबीबाट रिहा भएलगत्तै लीलाबहादुर गुरुङ फेरि पक्राउ
बुधबार, ०५ वैशाख २०८१, १७ : १३
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रिहा गरेपनि सहकारीको रकम हिनामिना प्रकरणमा लीलाबहादुर गुरुङ फेरि पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरले फेरि पक्राउ परेको हो ।
उनीविरुद्ध उपकार सहकारी ठगी प्रकरणमा उजुरी रहेकाले ललितपुर प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । यसअघि काठमाडौँस्थित नयाँ कृषि सहकारीको रकम हिनामिना प्रकरणमा सीआईबीबाट पक्राउ परेका उनीहरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको थियो ।
सीआईबीको राय अनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचल्ने निर्णय गरेको भएपनि ललितपुर प्रहरीको पत्राचारका आधारमा उनलाई फेरि त्यहाँ बुझाइएको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिए । नयाँ कृषि सहकारीमा आबद्ध गुरुङ उपकार सहकारीको पनि उपाध्यक्ष रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण