खड्काल्याण्डले प्रयोग गरेको स्काउटको जग्गा र भवनमा सिल गरेर सरकारले आतङ्क फैल्यायो : सांसद खड्का
काठमाडौँ । नेपाली कांग्रेस सांसद दीपक खड्काले व्यवसायी माथि आतङ्क मच्चाएको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले स्काउटको जग्गामा बनाएको पार्टी प्यालेस लगायत सटरमा ताला लगाएर व्यवसायीहरूलाई आतङ्कित बनाएको आरोप लगाएका हुन् ।
बिहीबार सरकारले १५ वर्षदेखि कब्जा गरेको भन्दै लैनचौरस्थित स्काउटको जग्गा र भवनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले सिल गरी नियन्त्रणमा लिएको थियो । तर सांसद खड्काले स्काउटको जग्गा आफूले नहडपेको दाबी गरे । उनले आफू खड्काल्याण्ड डेभलपमेण्ट प्रालिमा विगत दुई वर्षदेखि आबद्ध नरहेको भन्दै राजनीतिक प्रतिशोध साध्न राज्य लागेको आरोप लगाए ।
उनले स्काउटको जग्गा लिजमा लिएर व्यापारिक प्रयोजनका लागि अन्य व्यावसायिक संस्थाहरूलाई भाडामा लगाएको स्वीकार गर्दै स्काउटको भुक्तानी हिसाब गरेर तिर्न तयार रहेको बताए । उनले १५ वर्षअघि स्काउटले सटर बनाउन लिएको ऋण तिर्न नसक्दा आफूले जग्गा लिजमा लिएर सहयोग गरेको बताए ।
उनले अहिले राज्यले समय अवधि हुँदाहुँदै पनि व्यवसायीहरूलाई गरिखाने वातावरण समेत नदिएको आरोप लगाए । उनले जग्गा भाडामा लिएको १२ वर्षसम्म कुनै समस्या नभएको ठाउँमा एमालेको सरकार हुँदा स्काउटको कार्यकारी भूमिकामा लोकबहादुर भण्डारी आएपछि समस्या भएको बताए ।
उनले भण्डारी आएसँगै आफूहरू माथि विभिन्न हतकण्डाहरु अपनाएर हटाउने वा विस्थापित गर्ने योजनाका साथ लागेको दाबी गरे । उनले राती १० बजे विवाहको पार्टी चलिरहेको अवस्थामा राज्यले व्यवसायीहरूलाई आतङ्कित बनाउने गरी सिल गर्नु गैरजिम्मेवारी भएको बताए ।
उनले सरकारले सूचना समेत नदिई, बुझ्दै नबुझी व्यवसायी बन्द गर्नु गलत प्रक्रिया भएको बताए । उनले सरकारले स्काउटको जग्गामा व्यवसाय गर्ने ४८ परिवारलाई व्यवसाय गर्न नदिएर आतङ्क फैल्याएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण