शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दूधमा पनि बर्डफ्लुको भाइरस फेला

शनिबार, ०८ वैशाख २०८१, ०८ : ३३
शनिबार, ०८ वैशाख २०८१

काठमाडौं । पहिलो पटक दूधमा बर्डफ्लुको भाइरस फेला परेको पुष्टि भएको छ ।अमेरिकाको टेक्सासमा विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले ‘एच फाइभ एन वान’ बर्डफ्लु भाइरस सङ्क्रमित जनावरको कच्चा दूधमा धेरै मात्रामा पाइएको जनाएको छ । तर, उक्त भाइरस दूधमा कति समयसम्म टिक्छ भन्ने कुरा स्पष्ट भने नभएको डब्ल्यूएचओले जनाएको छ ।

एभियन इन्फ्लुएन्जा ‘एच फाइभ एन वान’ पहिलो पटक १९९६ मा देखा परेको थियो । तर सङ्क्रमित स्तनधारी जनावरहरूको सङ्ख्यामा वृद्धिसँगै २०२० पछि चराहरूमा प्रकोपको सङ्ख्या द्रुत रूपमा बढेको छ । जसका कारण लाखौं पशुपंक्षीहरु सङ्क्रमित भएका छन् ।गत महिना गाई र बाख्रामा पनि बर्डफ्लुको लक्षण देखिए पछि यसलाई अति संवेदनशील रूपमा विज्ञहरूले लिएका छन् ।

अमेरिकी अधिकारीहरूले यस महिनाको सुरुमा टेक्सासको डेरी फार्ममा काम गर्ने एक व्यक्ति गाईबस्तुको सम्पर्कमा आएपछि बर्डफ्लूको सङ्क्रमित भएको पुष्टि गरेका थिए । सङ्क्रमित जनावरको दूधमा पनि भाइरस भेटिएको र विज्ञहरूले अझै पनि दूधमा भाइरस कति समय बाँच्न सक्छ भनेर अनुसन्धान गरिरहेको जनाइएको छ ।

टेक्सासको स्वास्थ्य विभागले गाईवस्तुमा सङ्क्रमण व्यावसायिक दूध आपूर्तिको लागि चिन्ताको विषय नभएको प्रतिक्रिया दिएको छ । विश्व स्वास्थ्य सङ्गठनका ग्लोबल इन्फ्लुएन्जा कार्यक्रमका प्रमुख वेन्किङ झाङले भने, ‘टेक्सासमा भएको घटना एउटा गाईबाट एभियन इन्फ्लुएन्जाबाट मानिसमा सङ्क्रमित भएको पहिलो घटना हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप