गण्डकीको अर्थमन्त्री चुमान, दीपक मनाङे फेरि भौतिकमै
शनिबार, ०८ वैशाख २०८१, १० : १४
पोखरा । गण्डकीमा मुख्यमन्त्रीसँगै विना विभागीय मन्त्रीको शपथ खाएका दुई जनालाई मन्त्रालयको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले माओवादीका संसदीय दलका नेता समेत रहेका हरिबहादुर चुमानलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् भने स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई भौतिक मन्त्रालय नै दिएका छन् ।
मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको पत्र प्रदेश प्रमुखको निवासमा पुगेको प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए । ‘पत्र आएको छ । सार्वजनिक बिदा भएकोले प्रमाणित गर्न समय लाग्छ,’ उनले भने, ‘चिठी खोल्दै छौँ । हेरौँ, अब कानुन अनुसार गर्ने हो । राय सल्लाह लिइरहेका छौँ ।’
अधिकारीले मन्त्रालय फुटाएर ९ वटा पुर्याएका छन् । बाँकी ७ वटा मन्त्रालय मुख्यमन्त्रीकै मातहत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण