यस्तो बनेर आयो गायक लबटको सेन्टिमेन्टल गीत ‘झरि नै रह्यो आँसु मेरो’ (भिडियो)
काठमाडौं । ‘टोखा बजार’ गीतबाट चर्चामा आएका गायक वीरकृष्ण लबटको अर्को नयाँ गीत सार्वजनिक भएको छ । गायक लबटको सेन्टिमेन्टल गीत ‘झरि नै रह्यो आँसु मेरो’को भिडियो सार्वजनिक भएको हो ।
सानु श्रेष्ठको शब्दमा यो गीतलाई गायक लबटले आकर्षक स्वरबद्ध गरेका छन् । गायक लबटले सार्वजनिक भएको सो गीतको संगीत आफैँले भरेका हुन् भने एरेञ्ज पनि आफैँले गरेका हुन् । गायक लबटको यो गीतको भिडियोलाई किरण श्रेष्ठले छायाङ्कन तथा सम्पादन गरेका हुन् ।
गायक लबटले श्रोता तथा दर्शकहरुलाई भर्खरै सार्वजनिक भएको आफ्नो नयाँ गीतको बारेमा बताउँदै प्रतिकृया दिन आग्रह गरेका छन् । साथै नेपाली गीत संगीतलाई सधैँ माया गरिदिनलाई आग्रह पनि गरेका छन् ।
गायक लबटको ‘झरि नै रह्यो आँसु मेरो’ गीत रिलिज पूर्व ‘माया मेरी साह्रै राम्री’, ‘म त होइन तिम्रो’ लगायतका गीतहरु बजारमा आएका छन् । गायक लबटका यी गीतहरुलाई सामाजिक सञ्जाल युट्युब तथा फेसबुकमा दर्शकहरुले धेरै मन पराईरहेका छन् ।
गायक लबटले वि.सं. २०६३ सालमा आफ्नो पहिलो एल्बम बजारमा ल्याएका थिए । सोही एल्बममा समावेश गरिएको ‘टोखा बजार’ बोलको गीतले उनलाई चर्चाको शिखरमा पु¥याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुधन गुरुङ गृहमा फर्किए, तर छानबिन प्रतिवेदन गुपचुप राखियो
-
रास्वपा कर्णाली अधिवेशन : उपसभापतिसहित पदाधिकारी र सदस्य चयन
-
जी–७ सम्मेलनमा सहभागी नेताहरूको अनौपचारिक कुराकानी बाहिरियो, कस्ता विषयमा कुरा गरे ?
-
रास्वपाका प्रतिनिधिले पार्टीलाई ५ हजार शुल्क तिर्नुपर्ने, महँगो भएको गुनासो
-
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन
-
एमाजनलाई उछिनेर विश्वको पाँचौं मूल्यवान कम्पनी बन्यो स्पेसएक्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण