डुङ्गा डुब्दा ५८ जनाको मृत्यु, दर्जनौँ वेपत्ता भएको आशङ्का
शनिबार, ०८ वैशाख २०८१, २२ : ४१

बान्गुई । मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा एउटा डुङ्गा नदीमा पल्टिँदा कम्तीमा ५८ जनाको मृत्यु भएको नागरिक सुरक्षा प्रमुखले शनिबार बताएका छन् ।
अन्त्येष्टिका लागि गएका उनीहरूसँगै अन्य व्यक्ति पनि रहेको अनुमान गरिएको छ । प्रत्यक्षदर्शी र सामाजिक सञ्जालमा भाइरल भएका भिडियोअनुसार डुङ्गामा ३०० भन्दा बढी मानिस सवार डुङ्गा शुक्रबार मपोको नदीमा पल्टिएको थियो ।
“हामीले पानीमा डुबेका ५८ मृत शरीरलाई पानीबाट निकालेका छौँ”, थोमस जिमासेले रेडियो गुइरासँग भने, “कति मानिस पानीमा डुबेका छन् भन्ने सही जानकारी अझै हामीलाई प्राप्त भइसकेको छैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनालाई २८ औं ला लिगा उपाधि, ‘बच्चा’ टोलीले गर्यो चमत्कार
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन