टिकटकमा प्रतिबन्ध लगाउने नजिक पुग्यो अमेरिका
वाशिङटन डीसी । अमेरिका चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकमा प्रतिबन्ध लगाउने नजिक पुगेको छ । शनिबार त्यहाँको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले देशभरमा टिकटकमा प्रतिबन्ध लगाउन सकिने विधेयक पारित गरेको छ । यसको पक्षमा ३६० र विपक्षमा ५८ मत खसेको थियो ।
चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकको अमेरिकामा १७ करोड प्रयोगकर्ता छन् । एपलाई अमेरिकामा टिकाइराख्न कम्पनी यतिबेला संघर्षरत् छ । सप्ताहन्तमा तल्लो सदनले पारित गरेको विधेयक मार्चमा पारित भएको विधेयक जस्तै छ ।
सो विधेकमा बाइटडान्सले टिकटकलाई नबेचेसम्म यसलाई अमेरिकी एप स्टोरहरूमा निषेध गरिने बताइएको थियो । युक्रेन र इजरायललाई सहयोग गर्ने विधेयकसँगै जोडेर शनिबार टिकटकसम्बन्धी विधेयक सदनमा पेस गरेको थियो । माथिल्लो सदनले यो विधेयक चाँडै पारित गर्ने अपेक्षा गरिएको छ ।
आफ्नो डेस्कसम्म आइपुग्यो भने आफूले टिकटक विधेयकमा हस्ताक्षर गर्ने बाइडेले यस अघि नै बताएका थिए । विधेयकले टिकटकलाई नयाँ मालिक खोज्न २७० दिनको समय दिनेछ । टिकटकको अमेरिकी व्यवसाय बेच्ने मामिलामा प्रगति भइरहेको राष्ट्रपतिलाई लाग्यो भने थप ९० दिनको म्याद पनि थपिनेछ । टिकटकले खुलेरै यो विधेयकको विरोध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण