शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विक्री घटेपछि टेस्लाले घटायो मूल्य

आइतबार, ०९ वैशाख २०८१, १० : २८
आइतबार, ०९ वैशाख २०८१

क्यालिफोर्निया । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले आफ्ना उत्पादनको मूल्य घटाएको छ । यस वर्षको पहिलो त्रैमासमा कम्पनीको विक्री निराशाजनक रहेसँगै इन्भेन्टरी बढेपछि कम्पनीले अमेरिका र चीनमा आफ्नो कारको मूल्य घटाएको हो । 

कम्पनीले चीनमा मोडल ३ को मूल्य यसअघिको २ लाख ४५ हजार ९०० युआनबाट घटाएर २ लाख ३१ हजार ९०० येन (३२ हजार डलर)मा ल्याइएको छ । मोडल वाईको मूल्य पनि १४ हजार येन घटाएर २ लाख ४९ हजार ९०० येन (३४ हजार ५०० डलर)मा झारिएको छ । 

अमेरिकामा मोडल वाईको सबैभन्दा सस्तो भर्सनको मूल्य ४२ हजार ९९० रहेको छ । मोडल वाईको अन्य दुई महँगा संस्करणमा कम्पनीले २ हजार डलर छूट दिएको छ । मोडल एक्सको मूल्य पनि घटाएर अहिलेसम्मकै न्यून स्तरमा झारिएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप