यस्तो छ ‘खजुरे ब्रो’ को गीत ‘मनि मनि’
काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘खजुरे ब्रो’को ‘मनि मनि’ सार्वजनिक भएको छ । र्याप प्यार्टनमा तयार गीतमा ¥यापर कुशल पोखरेलको स्वर तथा शब्द रहेको छ । गीतमा संगीत भने केपासले दिएका छन् ।
बलिउड शैलीमा फिल्मको प्रोमोसन गर्ने उदेश्यले गीत तयार पारिएको निर्देशक सुरज सुनुवारले बताए । ‘खजुरे ब्रो’ अहिले चलिरहेका ट्रेन्डभन्दा फरक स्वादको रहेको उनको धारणा रहेको छ ।
गीतमा अभिनेत्री नीति शाहलाई पैसा उडाइरहेको देख्न सकिन्छ । उसो त फिल्मका कलाकार नवीन मानन्धरले पनि भिडियोमा पैसा उडाइरहेका छन् । रेअर राई, विनिता थापा मगर, महेश त्रिपाठी लगायतका कलाकार समेत भिडियोमा देख्न सकिन्छ ।
दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन् । सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता हुन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’ मा शिशिर विशंखेको छायाङ्कन रहेको छ भने सम्पादक मित्र डि गुरुङ हुन् । अनमोल गुरुङको संगीत रहेको फिल्मलाई रोहित रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ ।
फिल्ममा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दिप चन्द्र राईलगायतका कलाकारहरुको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण