सलमान खान प्रकरण : बिश्नोई ब्रदर्श वान्टेडको सूचीमा
नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानको घरबाहिर गोली प्रहारको घटनामा मुम्बई प्रहरीको क्राइम ब्रान्चले कुख्यात ग्याङ्गस्टार लरेन्स बिश्नोई र उनका भनाई अनमोल बिश्नोईलाई वान्डेट आरोपी घोषित गरिदिएको छ । साथै प्रहरीले आरोपीहरू विरुद्ध एफआईआरमा धम्की दिएको, उक्साएको र प्रमाण नष्ट गरेको समेत तीन नयाँ धारा जोडिदिएको छ ।
यस अघि प्रहरीले अभिनेताको घरबाहिर गोलीबारीको घटनामा आरोपीहरू सागर कुमार पाल र विक्की गुप्ता विरुद्ध हत्याको प्रयास र हातहतियारसम्बन्धी मामिला दर्ता गरेका थिए । सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा तैनाथ सुरक्षाकर्मीको बयानका खाधारमा यी दुई धाराअन्तर्गत केस दर्ता गरिएको थियो ।
अप्रिल १४ मा सागर कुमार पाल र विक्की गुप्ताले अभिनेताको घरबाहिर गोली प्रहार गरेका थिए । यस घटनापछि प्रहरीले सीसीटीभी क्यामराको जाँचका आधारमा शूटरहरुको पहिचान गरेका थिए । सीसीटीभी फुटेजमा शुटरहरूको अनुहार स्पष्ट देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण