सलमान खान प्रकरण : बिश्नोई ब्रदर्श वान्टेडको सूचीमा

नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानको घरबाहिर गोली प्रहारको घटनामा मुम्बई प्रहरीको क्राइम ब्रान्चले कुख्यात ग्याङ्गस्टार लरेन्स बिश्नोई र उनका भनाई अनमोल बिश्नोईलाई वान्डेट आरोपी घोषित गरिदिएको छ । साथै प्रहरीले आरोपीहरू विरुद्ध एफआईआरमा धम्की दिएको, उक्साएको र प्रमाण नष्ट गरेको समेत तीन नयाँ धारा जोडिदिएको छ ।
यस अघि प्रहरीले अभिनेताको घरबाहिर गोलीबारीको घटनामा आरोपीहरू सागर कुमार पाल र विक्की गुप्ता विरुद्ध हत्याको प्रयास र हातहतियारसम्बन्धी मामिला दर्ता गरेका थिए । सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा तैनाथ सुरक्षाकर्मीको बयानका खाधारमा यी दुई धाराअन्तर्गत केस दर्ता गरिएको थियो ।
अप्रिल १४ मा सागर कुमार पाल र विक्की गुप्ताले अभिनेताको घरबाहिर गोली प्रहार गरेका थिए । यस घटनापछि प्रहरीले सीसीटीभी क्यामराको जाँचका आधारमा शूटरहरुको पहिचान गरेका थिए । सीसीटीभी फुटेजमा शुटरहरूको अनुहार स्पष्ट देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी
-
१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड
-
कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
बर्खा नलाग्दै काभ्रेकाे पनौतीमा बाढी
-
प्रदेश युवा सम्मेलन : जिम्मेवार नेतृत्वका लागि युवापुस्ताले काउन्टर दिनुपर्छ
-
प्रदेश नीति तथा कार्यक्रम र बजेट निर्माणका सम्बन्धमा एमालेको छलफल