सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

हिमाल आरोहणबापत डेढ महिनामा सरकारले उठायो ५६ करोड ४० लाख

आइतबार, ०९ वैशाख २०८१, १२ : २८
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । हिउँदे सिजनको मार्च र अप्रिलको करिब डेढ महिनामा हिमाल आरोहण बापत सरकारले ५६ करोड ४० लाख रुपैयाँ माथि रोयल्टी उठाएको छ । पर्यटन विभागका अनुसार २०२४ को मार्च १ देखि अप्रिल १९ सम्ममा विभिन्न २४ वटा हिमाल आरोहण स्वीकृति बापत सरकारले ४२ लाख ३७ हजार अमेरिकी डलर अर्थात् ५६ करोड ४० लाख ३१ हजार १८१ रुपैयाँ रोयल्टी उठाइएको हो । 

यस अवधिमा ५,९२२ मिटर अग्लो ‘जुगल ५’ देखि ८८४८.८६ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथा सम्मका २४ वटा हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको छ । 

नेपालीसहित विभिन्न ८१ समूहमा आएका ७४९ जना आरोहीलाई हिमाल आरोहणको स्वीकृति प्रदान गरिएको विभागले जनाएको छ । जसमध्ये ५९१ जना पुरुष र १५८ जना महिला आरोही रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप