हिमाल आरोहणबापत डेढ महिनामा सरकारले उठायो ५६ करोड ४० लाख
आइतबार, ०९ वैशाख २०८१, १२ : २८
काठमाडौँ । हिउँदे सिजनको मार्च र अप्रिलको करिब डेढ महिनामा हिमाल आरोहण बापत सरकारले ५६ करोड ४० लाख रुपैयाँ माथि रोयल्टी उठाएको छ । पर्यटन विभागका अनुसार २०२४ को मार्च १ देखि अप्रिल १९ सम्ममा विभिन्न २४ वटा हिमाल आरोहण स्वीकृति बापत सरकारले ४२ लाख ३७ हजार अमेरिकी डलर अर्थात् ५६ करोड ४० लाख ३१ हजार १८१ रुपैयाँ रोयल्टी उठाइएको हो ।
यस अवधिमा ५,९२२ मिटर अग्लो ‘जुगल ५’ देखि ८८४८.८६ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथा सम्मका २४ वटा हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको छ ।
नेपालीसहित विभिन्न ८१ समूहमा आएका ७४९ जना आरोहीलाई हिमाल आरोहणको स्वीकृति प्रदान गरिएको विभागले जनाएको छ । जसमध्ये ५९१ जना पुरुष र १५८ जना महिला आरोही रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण