आयात निर्यातको हिसाब किताब – साढे ११ खर्बको वस्तु आयात, १ खर्बको निर्यात
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०-८१ को ९ महिनाको अवधिमा नेपालको आयात र निर्यातमा दुबैमा गिरावट आएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९-८० को ९ महिनाको तुलनामा आयात र निर्यात नै खुम्चिएको हो ।
गत आर्थिक वर्षको ९ महिनामा १२ खर्ब १ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । चालू वर्षको ९ महिनाको अवधिमा ११ खर्ब ६७ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । यो २.८४ प्रतिशतको गिरावट हो ।
यस्तै सोही अवधिमा नेपालबाट १ खर्ब १३ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ । यो गत वर्षको ९ महिनाको तुलनामा ३.६६ प्रतिशतको गिरावट हो । गत वर्षको यही अवधिमा १ खर्ब १८ अर्ब रुपैयाँभन्दा बढीको वस्तु निकासी भएको थियो ।
आयात र निर्यात नै घटेपछि समग्र वैदेशिक व्यापारमा समेत गिरावट आएको छ । तथ्यांकअनुसार नेपालको वैदेशिक व्यापार २.९२ प्रतिशतले खुम्चिएको छ । यो अवधिमा नेपालको वैदेशिक व्यापार १२ खर्ब ८१ अर्ब रुपैयाँ हुन आउँछ । जुन, गत वर्षको ९ महिनाको अवधिमा १३ खर्ब १९ अर्ब रुपैयाँ हुन आउँथ्यो ।
यता वैदेशिक व्यापार घाटामा समेत सुधार आएको छ । यस अवधिमा आयात, निर्यात र समग्र वैदेशिक व्यापार नै खुम्चेपछि व्यापार घाटामा भने सुधार आएको हो । यस अवधिमा नेपालको वैदेशिक व्यापारघाटा १० खर्ब ५३ अर्ब रुपैयाँ छ । जुन, गत वर्षको तुलनामा २.७५ प्रतिशतले सुधारिएको हो ।
गत आर्थिक वर्षको ९ महिनाको अवधिमा १० खर्ब ८३ अर्ब रुपैयाँ व्यापार घाटा भएको थियो । पछिल्ला आर्थिक वर्षमा निरन्तररुपमा वैदेशिक व्यापार खुम्चँदो अवस्थामा छ । युवा विदेशतर्फ पलायन हुँदा र आम्दानी खुम्चँदा उपभोक्ताको क्रयशक्तिमा समेत गिरावट आएसँगै आयात घट्दो छ । आयातमा देखिएको गिरावटको प्रभाव निर्यातमा समेत देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
-
अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा बढी प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण