शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

सत्ता सहकार्यलाई कमजोर पार्ने कुनैपनि काम नगर्न सत्तारुढ दलहरूलाई एमालेको आग्रह

आइतबार, ०९ वैशाख २०८१, १८ : ३४
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले सत्ता सहकार्यलाई कमजोर पार्ने कुनैपनि काम नगर्न सत्तारुढ दलहरूलाई आग्रह गरेको छ । 

आइतबार ललितपुरको सनराईज हलमा आयोजित पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन समारोहमा १५ बुँदै समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सो आग्रह गरेको हो ।

मुलुकलाई थप अस्थिरता र अन्यौलतातर्फ धकेल्ने कामप्रति सजग रहन र राष्ट्रियता, लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पार्ने कतैबाट पनि हुन नदिन सत्ता समीकरणका सबै राजनीतिक दलहरूलाई आह्वान गर्ने प्रस्ताव बैठकले पारित गरेको पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

एमालेले आफ्नो पार्टीसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी)का बीचमा नयाँ सत्ता समिकरण निर्माण गर्ने सम्झदारी गर्दै नयाँ सत्ता सहकार्य आरम्भ भएकोमा सन्तोष व्यक्त गर्दै त्यस सहकार्यलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

त्यसैगरी ५ दलले जारी गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमार्फत आजको मुख्य समस्याहरूलाई समाधान गर्नेगरी तालिकाबद्ध रूपमा काम गर्न सरकारलाई पनि सुझाव दिइएको उपमहासचिव रिमालले बताए ।

विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग, मिथ्या प्रचारको बाढीलाई चिर्दै हाम्रो पार्टी राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीको रूपमा स्थापित हुन सकेको निष्कर्षका साथ पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने संकल्प पनि एमालेले गरेको छ । अत्यन्त असहज र प्रतिकुल अवस्थामा पार्टीलाई यस बिन्दुसम्म ल्याई पु¥याउन कुशलतापूर्वक अगुवाइ गर्ने अध्यक्ष केपी शर्मा ओलीलगायत १० औँ महाधिवेशनबाट निर्वाचित सिंगो नेतृत्व पंक्तिलाई बैठकले विशेष धन्यवाद ज्ञापन गरेको छ ।

 ‘यो बैठक विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग, मिथ्या प्रचारको बाढीलाई चिर्दै हाम्रो पार्टी राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीको रूपमा स्थापित हुन सकेको निष्कर्षका साथ पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने संकल्प गर्दछ । अत्यन्त असहज र प्रतिकूल अवस्थामा पार्टीलाई यस विन्दुसम्म ल्याई पु¥याउन कुशलतापूर्वक अगुवाइ गर्ने कमरेड अध्यक्ष केपी शर्मा ओलीलगायत १० औँ महाधिवेशनबाट निर्वाचित सिंगो नेतृत्व पंक्तिलाई यो बैठक विशेष धन्यवाद ज्ञापन गर्दछ’, रिमालले भने, ‘आगामी दिनमा पार्टीलाई वैचारिक, संगठनात्मक र भावनात्मक रूपमा अझ एकताबद्ध र सृदृढ बनाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा सबै कमरेडहरुलाई हार्दिक आह्वान गर्दछ ।’

बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, संगठनात्मक र भावनात्मक रूपमा अझ एकताबद्ध र सृदृढ बनाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप