शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

आफ्नो दाबी सदरको माग गर्दै लक्ष्मण चौधरीको रिट

आइतबार, ०९ वैशाख २०८१, १८ : ४०
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशका सांसद लक्ष्मण किशोर चौधरीले आफूले मुख्यमन्त्रीमा दिएको दाबी सदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

मुख्यमन्त्री पदमा दाबी पेस गर्दा नागरिक उन्मुक्ति पार्टीका सात, नेपाली काँग्रेसको १८, नेकपा (एस) को चार जनाले समर्थन गरेको रिट निवेदनमा उनले गरेका छन् । ५२ जना सांसद रहेको प्रदेश सभामा सरकार गठन गर्नका लागि चाहिने बहुमत सङ्ख्या हुँदा हुँदै प्रदेश प्रमुखले मुख्यमन्त्री पदमा जानबाट वञ्चित गरेको दाबी सांसद चौधरीले गरेका छन् ।

प्रदेश प्रमुखले संवैधानिक सीमाको अतिक्रमण गरेको बताउँदै उनले मुख्यमन्त्री पदमा नियुक्ति हुन पाउ भनी परेको दाबीलाई रद्द, खारेजी इत्यादि केही नगरी नयाँ आह्वान प्रकाशित गरेको र बिना आधार अरूलाई नियुक्त गरेको कार्य बदरको भागी रहेको जिकिर गरेका छन् ।

प्रदेश प्रमुखले मुख्यमन्त्री पदमा नियुक्ति गर्न गरेको निर्णय काम कारबाही तत्काल कार्यान्वयन नगर्नु/नगराउन पूर्वावस्था कायम गरी आफूलाई नियुक्त गर्ने गरी अन्तरिम आदेश जारी गर्न नेता चौधरीले माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप