आफ्नो दाबी सदरको माग गर्दै लक्ष्मण चौधरीको रिट
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशका सांसद लक्ष्मण किशोर चौधरीले आफूले मुख्यमन्त्रीमा दिएको दाबी सदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।
मुख्यमन्त्री पदमा दाबी पेस गर्दा नागरिक उन्मुक्ति पार्टीका सात, नेपाली काँग्रेसको १८, नेकपा (एस) को चार जनाले समर्थन गरेको रिट निवेदनमा उनले गरेका छन् । ५२ जना सांसद रहेको प्रदेश सभामा सरकार गठन गर्नका लागि चाहिने बहुमत सङ्ख्या हुँदा हुँदै प्रदेश प्रमुखले मुख्यमन्त्री पदमा जानबाट वञ्चित गरेको दाबी सांसद चौधरीले गरेका छन् ।
प्रदेश प्रमुखले संवैधानिक सीमाको अतिक्रमण गरेको बताउँदै उनले मुख्यमन्त्री पदमा नियुक्ति हुन पाउ भनी परेको दाबीलाई रद्द, खारेजी इत्यादि केही नगरी नयाँ आह्वान प्रकाशित गरेको र बिना आधार अरूलाई नियुक्त गरेको कार्य बदरको भागी रहेको जिकिर गरेका छन् ।
प्रदेश प्रमुखले मुख्यमन्त्री पदमा नियुक्ति गर्न गरेको निर्णय काम कारबाही तत्काल कार्यान्वयन नगर्नु/नगराउन पूर्वावस्था कायम गरी आफूलाई नियुक्त गर्ने गरी अन्तरिम आदेश जारी गर्न नेता चौधरीले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण