सिटिजन्स बैंक खुला टेनिस : पुरुष एकलतर्फ बोरिस र देवको विजयी सुरुआत

काठमाडौँ । बोरिस अधिकारी र देवआशिष रेउलेले १०औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष एकल स्पर्धामा आइतबार विजयी सुरुआत गरेका छन् । भद्रकालीस्थित आर्मी क्लबको कोर्टमा भएको खेलमा बोरिसले मुकिम थापालाई ६-४ र ७-५ तथा देवले रन्जित अछामीलाई ६-७, ६-३ र ७-५ अंकको सेटमा पराजित गरे ।
सोही स्पर्धाको अन्य खेलमा आयुशमान हजुर घले, सविन श्रेष्ठ, निहालजंग थापा, प्रसिद्ध मोक्तान, गोविन्द नेपाली र दर्शिल श्रेष्ठले पनि आ-आफ्नो खेल जिते । प्रतियोगिताका खेलहरु दुई स्थानमा भइरहेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको भेट्रान ३५ वर्षमाथि पुरुष एकल स्पर्धामा अमित गुरुङ, रामबहादुर नेपाली, सोवित गौचन, दावा सोनाम शेर्पा, नवीन श्रेष्ठ, प्रवेश पन्त, इलम दिक्षित, कुमार तामाङ र अक्ष्य थापा विजयी भए ।
यसैगरी ५५ वर्षमाथिको पुरुष एकल स्पर्धामा शिवप्रसाद सेढाईं, जोरोम इडउ, राम राणा, लाक्पा शेर्पा, राजेश क्षेत्री, अमृतरत्न कंशाकार, उत्तम बोगटी र मनोजविक्रम शाहले सफलता हात पारे । विजयी खेलाडी प्रतियोगिताको दोस्रो चरणमा पुगे ।
नेपाल टेनिस संघको प्राविधिक सहयोग तथा सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको भेट्रान ४५ वर्षमाथिको पुरुष एकल स्पर्धामा युवराज थापा, कमलबहादुर भण्डारी, अमृत रोक्का, सूर्य गिरी, बलराम सापकोटा र सुकमान तामाङले विजयी सुरुआत गरे ।
काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ६५ वर्षमाथिको पुरुष डबल्स स्पर्धामा भिक्ट्री राणा र भिक्टर राणाको जोडीले सफलता हात पारे । प्रतियोगिताको सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा विभिन्न ११ स्पर्धामा एक सय ५१ ज्ना खेलाडी सहभागी छन् । सबै स्पर्धामा नगद पुरस्कार राखिएको उक्त प्रतियोगिताको कुल पुरस्कार राशी पाँच लाख ८२ हजार पाँच सय रुपैयाँ रहेको छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारको नीति तथा कार्यक्रम पुरानै निरन्तरता
-
नीति तथा कार्यक्रमबारे स्वर्णिम वाग्ले : थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम
-
फिलिपिन्समा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, दर्जनौं घाइते
-
नीति तथा कार्यक्रममा सत्ता र प्रतिपक्षको टिप्पणी : टोले गुन्डाको चन्दादेखि बासी कार्यक्रमसम्म
-
पाकिस्तानमा कार दुर्घटना, आठ जनाको मृत्यु
-
२ वर्ष अघि आरबीआईले थुतिसकेको २ हजारको नोट अझै प्रचलनमा