फ्लप भयो अक्षयको ‘बडे मियाँ छोटे मियाँ’
नयाँ दिल्ली । हालै रिलिज भएको अक्षय कुमार र टाइगर श्राफको फिल्म 'बडे मियाँ छोटे मियाँ’को अवस्था कमाइको मामिलामा निकै खराब छ । हालसम्म यो फिल्मले भारतभरमा १०० करोड भारु पनि कमाउन सकेको छैन । फिल्म करिब ३५० करोड भारुमा बनेको थियो । यो चलचित्रमा पूर्व मिस वर्ल्ड मानुषी छिल्लर मुख्य भूमिकामा छिन् । यसैबीच अभिनेत्रीले फिल्मको बक्स कलेक्सनबारे प्रतिक्रिया दिएकी छिन् । बक्स अफिसमा चलचित्रले राम्रो व्यापार गर्छ कि गर्दैन भन्ने कुरा आफ्नो हातमा नभएको अभिनेत्री बताउँछिन् ।
‘एक अभिनेत्रीको हैसियतले जोकोही आफ्नो फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरोस् भन्ने चाहन्छन् । मानिसहरूले आफूलाई हेरुन्, रुचाउन, फिल्मलाई मन पराउन अनि रमाएर हेरुन् भन्ने चाहन्छन् । तर कहिलेकाहीँ यस्तो हुँदैन, यो सामान्य कुरा हो ।’ बक्स अफिस नम्बरमा अभिनेता वा अभिनेत्रीहरूको कुनै नियन्त्रण नहुने भएकोले आफूले त्यसबारे धेरै नसोच्ने पनि उनले बताइन् । मानुषीले यस अघि ‘सम्राट् पृथ्वीराज’, ‘द ग्रेट इन्डियन परिवार’ र ’अपरेसन भ्यालेन्टाइन’मा पनि काम गरिसकेकी छिन् । तर यी सबै चलचित्र बक्स अफिसमा नराम्रोसँग फ्लप भएका थिए ।
११ दिनमा १०० करोड पनि कमाउन सकेन फिल्मले
स्याकनिल्कको रिपोर्ट अनुसार ‘बडे मियाँ छोटे मियाँ’ले अहिलेसम्म भारतभर १०० करोड भारु पनि कमाउन सकेको छैन । फिल्मले ११ दिनमा मात्र ५५ करोड ५५ लाख भारुको व्यापार गरेको छ । यसबाट पनि बक्स अफिसमा ‘बडे मियाँ छोटे मियाँ’को हालतको अनुमान लगाउन सकिन्छ । यो चलचित्रलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । फिल्ममा टाइगर श्राफ र अक्षय कुमारका अलावा सोनाक्षी सिन्हा, आलिया एफ पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण