आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘बलिदान’मा भित्रिए दिव्य देव

सोमबार, १० वैशाख २०८१, १२ : ०३
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । आसुसेन फिल्मसको निर्माणमा बन्न लागेको फिल्म हो ‘बलिदान’ । बलिदानको मुख्य भूमिकाको लागि दिव्य देव अनुबन्धित भएका छन् । फिल्मको मुख्य भूमिकाको लागि दिव्य देव भित्रिएको निर्देशक सन्तोष सेनले बताए ।

नाटकबाट फिल्ममा भित्रिएका दिव्य देवले केही अगाडि प्रदर्शित फिल्म ‘चिसो एस्ट्रे’मा अभिनेताका रुपमा अभिनय गरेका थिए । ‘हिजो आजका कुरा’, ‘दि सेक्रेट्स अफ राधा’ र अहिले प्रदर्शनरत फिल्म ‘महाजात्रा’मा समेत अभिनय गरेका उनलाई ‘मेयर’मा पनि देख्न सकिन्छ । 

अभिनेता दिव्यले ‘बलिदान’को टिमसँग जोडिन पाउँदा खुसी रहेको बताए । ‘बलिदान’को मुख्य भूमिकामा अभिनेता बिराज भट्टका छोरा समीर भट्ट डेब्यु गर्दै छन् । फिल्ममा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतको पनि अभिनय रहनेछ । 

‘बलिदान’ सुटिङका लागि अहिले पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ । यसको करिब ६० प्रतिशत स्टुडियोमा नै छायाङ्कन हुनेछ । देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथामा फिल्म बन्न लागेको हो ।

आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप