नेकपा स्थापनाको हीरक महोत्सव समारोहमा प्रधानमन्त्रीसहितका शीर्ष नेताहरू सहभागी
काठमाडौँ । नेकपा (एमाले) ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको हीरक महोत्सव समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन् ।
सोमवार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित सो समारोहमा विशेष वक्ताको रूपमा प्रधानमन्त्री दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा रहेका छन् । समारोहमा एमालेले ‘गणतन्त्र गौरव’ सम्मानबाट पूर्वराष्ट्रपति एवं पार्टीका तत्कालीन उपाध्यक्ष विद्या भण्डारी सम्मान गर्नेछ ।
समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा (माले) का महासचिव सिपी मैनालीलगातका विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, सांसदहरू सहभागी भएका छन् । त्यसैगरी उद्योगी, व्यवसायी, कूटनीतिक, लेखक, पत्रकारलगायत एमालेका नेता, कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ ।
समारोहमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा स्थापनाको ७५ वर्षको अवसर पारेर पार्टीले तयार परेको वृत्तचित्र सार्वजनिक गरेका छन् । एमालेले पार्टीको मिसन–२०८४ लाई सफल बनाउने गरी सो समारोहमार्फत पार्टीको भावी कार्ययोजना पनि सार्वजनिक गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण