शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा स्थापनाको हीरक महोत्सव समारोहमा प्रधानमन्त्रीसहितका शीर्ष नेताहरू सहभागी

सोमबार, १० वैशाख २०८१, १३ : १४
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । नेकपा (एमाले) ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको हीरक महोत्सव समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन् । 

सोमवार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित सो समारोहमा विशेष वक्ताको रूपमा प्रधानमन्त्री दाहाल र  प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा रहेका छन् । समारोहमा एमालेले ‘गणतन्त्र गौरव’ सम्मानबाट पूर्वराष्ट्रपति एवं पार्टीका तत्कालीन उपाध्यक्ष विद्या भण्डारी सम्मान गर्नेछ । 

समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा (माले) का महासचिव सिपी मैनालीलगातका विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, सांसदहरू सहभागी भएका छन् ।  त्यसैगरी उद्योगी, व्यवसायी, कूटनीतिक, लेखक, पत्रकारलगायत एमालेका नेता, कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ ।

समारोहमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा स्थापनाको ७५ वर्षको अवसर पारेर पार्टीले तयार परेको वृत्तचित्र सार्वजनिक गरेका छन् । एमालेले पार्टीको मिसन–२०८४ लाई सफल बनाउने गरी सो समारोहमार्फत पार्टीको भावी कार्ययोजना पनि सार्वजनिक गर्ने जनाएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप