शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बाँदर धपाउँदा बन्दुकको छर्रा लागेर मृत्यु

सोमबार, १० वैशाख २०८१, १३ : २२
सोमबार, १० वैशाख २०८१

पाँचथर । बाँदर धपाउन एकनाले भरुवा बन्दुक पड्काउने क्रममा बन्दुकको नाल फुटेर बारुदको छर्रा लाग्दा हिलिहाङ गाउँपालिका-४ सिबुवा बस्ने ५१ वर्षीय मन कुमार सिगुको गएराति मृत्यु भएको छ । 

खेतबारीमा मकै रोपेको स्थानमा बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर गम्भीर भएका मन कुमारको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । भरुवा बन्दुक नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप