नेप्सेको उत्साह एकदिन पनि टिकेन, सोमबार १५ अंकको गिरावट
काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा सोमबार १५ अंकमाथिको गिरावट आएको छ । अघिल्लो दिन १२ अंकमाथिले बढ्दै १९८४ अंकमा उक्लिएको सूचक पुनः दोस्रो दिन १५.४१ अंकले घट्दै १९६९.०२ अंकमा झर्न पुगेको छ ।
सोमबार कारोबार समेत २० करोड रुपैयाँ हाराहारीले घट्दै जम्मा २ अर्ब ५ करोड ८३ लाख रुपैयाँको ५६ लाख ५६ हजार कित्ता सेयर कारोबार भएको छ । १२ अंकले नेप्से सूचक बढेको आइतबार २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ बराबरको ६३ लाख ९३ हजार कित्ता सेयर किनबेच भएको थियो ।
सोमबार म्युचुअल फण्ड बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.१० प्रतिशतले घटेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक १.२० प्रतिशतले र अन्य बाँकी १० वटा उपसूचक १ प्रतिशत कमले घटेका छन् । यता म्युचुअल फण्डको उपसूचक भने सोमबार ०.०२ प्रतिशतले बढेको छ ।
सो कारोबार भएका २४५ कम्पनी मध्ये ४९ वटाको मात्र सेयर मूल्य बढेको छ भने १८६ वटा कम्पनीको मूल्य घटेको छ । बाँकी १० वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
सोमबार सबैभन्दा बढी पिपुल्स पावर लिमिटेडका सेयर धनीहरूले ६.९१ प्रतिशतले कमाएका छन् भने डोटी पावर कम्पनी लिमिटेडका सेयर धनीहरूले ७.३७ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण