१२ वर्ष कान्छी पाकिस्तानी अभिनेत्रीलाई डेट गर्दै बादशाह, तस्बिरहरू भाइरल

मुम्बई । र्यापर बादशाह र पाकिस्तानी अभिनेत्री हानिया आमिरसँग डेट गरिरहेको अफवाह लामो समयदेखि सामाजिक सञ्जालमा चर्चामा छ । यसैबिच बादशाह र हानिया आमिरले पछिल्लो समय दुबईमा छुट्टी मनाइरहेको फोटोहरू इन्टरनेटमा भाइरल हुन थालेका छन्।
पाकिस्तानी अभिनेत्री हानियाले बादशाहसँगको सामाजिक सञ्जालमा केही पोष्ट गरेकी छिन्, जसले उनीहरूको सम्बन्धको हल्लालाई फेरि बढवा दिएको छ ।
पछिल्लो तस्बिरमा, हानिया र बादशाह क्यामेराको लागि रमाइलो तरिकामा पोज दिइरहेका छन्। तस्बिरसँगै हानिया आमिरले बादशाहसँगको एउटा भिडियो पनि पोस्ट गरेकी छिन्, जसमा दुवै जना सँगै रमाइलो गर्दै समय बिताएको देखिएका छन् ।
हानिया आमिर र बादशाहबिच प्रेम सम्बन्ध रहेको अनुमान डिसेम्बर १, २०२३ बाट सुरु भएको थियो जब दुवैले आ-आफ्नो सामाजिक सञ्जाल ह्यान्डलहरूमा एकअर्कासँग रमाइलो गरिरहेको तस्बिरहरू साझा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?