१२ वर्ष कान्छी पाकिस्तानी अभिनेत्रीलाई डेट गर्दै बादशाह, तस्बिरहरू भाइरल
मुम्बई । र्यापर बादशाह र पाकिस्तानी अभिनेत्री हानिया आमिरसँग डेट गरिरहेको अफवाह लामो समयदेखि सामाजिक सञ्जालमा चर्चामा छ । यसैबिच बादशाह र हानिया आमिरले पछिल्लो समय दुबईमा छुट्टी मनाइरहेको फोटोहरू इन्टरनेटमा भाइरल हुन थालेका छन्।

पाकिस्तानी अभिनेत्री हानियाले बादशाहसँगको सामाजिक सञ्जालमा केही पोष्ट गरेकी छिन्, जसले उनीहरूको सम्बन्धको हल्लालाई फेरि बढवा दिएको छ ।

पछिल्लो तस्बिरमा, हानिया र बादशाह क्यामेराको लागि रमाइलो तरिकामा पोज दिइरहेका छन्। तस्बिरसँगै हानिया आमिरले बादशाहसँगको एउटा भिडियो पनि पोस्ट गरेकी छिन्, जसमा दुवै जना सँगै रमाइलो गर्दै समय बिताएको देखिएका छन् ।
हानिया आमिर र बादशाहबिच प्रेम सम्बन्ध रहेको अनुमान डिसेम्बर १, २०२३ बाट सुरु भएको थियो जब दुवैले आ-आफ्नो सामाजिक सञ्जाल ह्यान्डलहरूमा एकअर्कासँग रमाइलो गरिरहेको तस्बिरहरू साझा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण