अर्बपति व्यापारी मस्कसँग रिसाए अस्ट्रेलियाका प्रधानमन्त्री
सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अर्बपति व्यापारी एलोन मस्कलाई ‘अहङ्कारी’ भनेका छन् । अस्ट्रेलियाको सिड्नीमा पादरीसँग भएको छुरा प्रहारको भिडियो एक्सबाट नहटाएपछि अल्बानीज मस्कसँग रिसाएको बताइएको छ ।
केही दिन अघि अस्ट्रेलियाको सिड्नीको एउटा चर्चमा छुरा प्रहारको घटना भएको थियो । एक १६ वर्षीय केटाले एक चर्चका पादरीलाई इस्लामको आलोचना गरेको आरोपमा छुरा प्रहार गरेका थिए । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अस्ट्रेलियाका दूरसञ्चार नियामकहरूले पछि एक्सलाई यस भिडियोसँग सम्बन्धित केही पोस्ट र टिप्पणीहरू हटाउन आग्रह गरेका थिए ।
तर, एक्सले यस विषयमा कारबाही नगरेपछि अस्ट्रेलियाको अदालतले सोसल मिडिया प्लेटफर्मलाई टेलिकम नियामकको आदेश पालना गर्न भनेको छ । पछि, एक्सले यो भिडियोलाई आफ्नो प्लेटफर्मबाट पूर्ण रूपमा हटाउनुको सट्टा अष्ट्रेलियामा रहेका प्रयोगकर्ताहरूका लागि मात्र हटाएको थियो । एक्सको तर्क थियो ‘अस्ट्रेलियाली सरकारले संसारभर देखाइएका सामग्रीमा मनमानी गर्न सक्दैन ।’
एक्सको जवाफपछि अस्ट्रेलियाका प्रधानमन्त्रीले एलोन मस्कलाई निशाना बनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण