अर्बपति व्यापारी मस्कसँग रिसाए अस्ट्रेलियाका प्रधानमन्त्री

सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अर्बपति व्यापारी एलोन मस्कलाई ‘अहङ्कारी’ भनेका छन् । अस्ट्रेलियाको सिड्नीमा पादरीसँग भएको छुरा प्रहारको भिडियो एक्सबाट नहटाएपछि अल्बानीज मस्कसँग रिसाएको बताइएको छ ।
केही दिन अघि अस्ट्रेलियाको सिड्नीको एउटा चर्चमा छुरा प्रहारको घटना भएको थियो । एक १६ वर्षीय केटाले एक चर्चका पादरीलाई इस्लामको आलोचना गरेको आरोपमा छुरा प्रहार गरेका थिए । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अस्ट्रेलियाका दूरसञ्चार नियामकहरूले पछि एक्सलाई यस भिडियोसँग सम्बन्धित केही पोस्ट र टिप्पणीहरू हटाउन आग्रह गरेका थिए ।
तर, एक्सले यस विषयमा कारबाही नगरेपछि अस्ट्रेलियाको अदालतले सोसल मिडिया प्लेटफर्मलाई टेलिकम नियामकको आदेश पालना गर्न भनेको छ । पछि, एक्सले यो भिडियोलाई आफ्नो प्लेटफर्मबाट पूर्ण रूपमा हटाउनुको सट्टा अष्ट्रेलियामा रहेका प्रयोगकर्ताहरूका लागि मात्र हटाएको थियो । एक्सको तर्क थियो ‘अस्ट्रेलियाली सरकारले संसारभर देखाइएका सामग्रीमा मनमानी गर्न सक्दैन ।’
एक्सको जवाफपछि अस्ट्रेलियाका प्रधानमन्त्रीले एलोन मस्कलाई निशाना बनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार