मध्यपूर्वमा भड्कियो युद्ध, को हुन् हिजबुल्लाह ?
तेहरान । मध्यपूर्वमा युद्धको आगो साम्य भएकै छैन । इरान र इजरायलबिच जारी तनावका बिच फेरि मिसाइल प्रहार भएको छ । यस पटक इरान समर्थित हिजबुल्लाहले इजरायलमा मिसाइल प्रहार गरेको छ । हमासको सहयोगी र इरान समर्थित हिजबुल्लाहले इजरायलको सेनाको मुख्यालयमा दर्जनौँ काट्युशा रकेटले आक्रमण गरेको दाबी गरेको छ ।
वास्तवमा, अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गरेपछि गाजामा युद्ध चलिरहेको छ । इजरायली सेना र इरान समर्थित हिजबुल्लाहबीच लगभग दिनँहुजसो सीमापार गोलाबारी भइरहेको छ । तर यस पटक हिजबुल्लाहले इजरायली सेनाको मुख्यालयलाई निशाना बनाएको छ । हाल, इजरायल–इरान तनाव सबै समय उच्चमा छ । यसैबिच, लेबनानी शिया चरमपन्थी समूह हिजबुल्लाहले सीमापार इजरायली सैन्य बेसमा आक्रमणलाई तीव्र बनाएको छ ।
आफूले दर्जनौँ कत्युशा रकेटले इजरायली इइन जेटिम बेसमा रहेको ९१ औँ डिभिजनको तेस्रो इन्फन्ट्री ब्रिगेडको मुख्यालयमा बम प्रहार गरेको थियो हिजबुल्लाहले आफ्नो विज्ञप्तिमा भनेको थियो । हिजबुल्लाहले इजरायलले गरेको हमलाको जवाफमा लेबनानको दक्षिणी गाउँ र सर्वसाधारणको घरहरूमा आक्रमण गरेको बताएको छ । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले सोमबार तीनवटा गाउँमा इजरायलीले आक्रमण गरेको जानकारी दिएको थियो ।
लेबनानबाट उत्तरी इजरायलको आइन जेटिम क्षेत्रमा प्रवेश गरेका करिब ३५ वटा रकेट पहिचान गरिएको र यस हमलामा अहिलेसम्म कुनै हताहत नभएका इजरायली सेनाले बताएको छ ।
आफ्नो सेनाले फायर गरिएको रकेटको स्रोतमा आक्रमण गरेको छ इजरायली सेनाको भनाई छ । अक्टोबर ७ देखि लेबनानमा ३७६ जनाको मृत्यु भइसकेको छ जसमा अधिकांश हिजबुल्लाह लडाकु र ७० जना सर्वसाधारण रहेका छन् ।
योसँगै इजरायली पक्षमा भने १० सैनिक र ८ नागरिकको मृत्यु भएको बताइएको छ । इजरायल र हिजबुल्लाहबीच अन्तिम ठूलो युद्ध सन् २००६ मा भएको थियो ।
को हुन् हिजबुल्लाह ?
हिजबुल्लाह इरान समर्थिन एक सैन्य संगठन हो । प्यालेस्टाइनको समर्थन गर्ने यो संगठनले इजरायल विरुद्ध लड्दै आएको छ । तर अमेरिकालगायत विश्वका अधिकांश देश यसलाई आतंकवादी संगठन मान्दछन् । हमासले अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गर्दा हिजबुल्लाहले खुलेर हमासको साथ दिएको थियो । इजरायलले लेबनानमा आक्रमण गरेपछि सन् १९८२ मा हिजबुल्लाह गठन भएको थियो । इरानले हिजबुल्लाहलाई हतियार, पैसा र तालिम दिने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण