दैलेखमा बँदेलको आक्रमणबाट ७ जना घाइते
मङ्गलबार, ११ वैशाख २०८१, १५ : ५५
सुर्खेत । दैलेखको भैरवी गाउँपालिकामा बँदेलको आक्रमणबाट ७ जना घाइते भएका छन् ।
घाइते हुनेमा भैरवी गाउँपालिका–६, गणेश सिजाली, लछुमन पुन मगर, रत्न बहादुर बराल, तर्क बहादुर पुन मगर, पूर्ण सिजाली, जय बहादुर थापा मगर र तिलक पौडेल रहेका छन् ।
मंगलबार बिहान ११ बजेतिर जंगलबाट गाउँ पसेको बँदेलले मान्छेलाई आक्रमण गरेको वडाध्यक्ष तुलबहादुर हमालले बताए ।
‘जंगलबाट एक्कासि मात्तिएर गाउँ पसेको थियो । गणेश सिजालीको घरको आँगनमा सबै जना बसिरहेका रहेछन्, आक्रमण गर्यो,’ उनले भने, ‘गणेशजीको अवस्था निकै गम्भीर रहेको भनिएको छ ।’
घाइते गणेशलाई जिल्ला अस्पताल दैलेखमा लगिएको छ भने बाँकी ६ जनाको स्थानीय मेडिकलमा उपचा भइरहेको वडाध्यक्ष हमालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले छाडेनन् निवास
-
संवैधानिक आयोगहरूमा सचिवस्तरका कर्मचारी पठाउन सक्ने अवस्था छैन : मन्त्री जोशी
-
नेपाल–यूरोपेली मुलुक सिधा हवाई उडान सुचारु गर्न सीआईएनको माग
-
‘ग्रीन मोबिलिटी फर टुरिजम प्रोस्पेरिटी’ विषयक अन्तरक्रिया गर्दै स्पार्क कार
-
हामी २००७ सालदेखि लडिरहेका छौँ, लडिरहन्छौँ : महत
-
एमाले दलका नेता ओलीमाथि आक्रमणको प्रयास भयो : रघुजी पन्त