बाजागाजासहित सर्वसाधारणले गरे कतारी राजाको स्वागत (तस्बिरहरू)

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै भव्य स्वागत गरिएको छ । मङ्गलवार अपराह्न त्रिवि विमानस्थल अवतरण गरेका थानी त्यहाँबाट तीनकुने, नयाँबानेश्वर, माइतीघर, शहिदगेट, दरबार मार्ग, बालुवाटार हुँदै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । अमिर सवार हुने क्षेत्रमा सर्वसाधारणले सडकमै बाजागाजासहित स्वागत भव्य गरेका छन् ।
थानीलाई त्रिभुवन विमानस्थलमा विशेष सम्मान प्रदान गरिएको छ । निजी विमानमा दिउँसो ३ः३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका थानीलाई विमानस्थलमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका थिए ।
त्यसपछि उनलाई नेपाली सेनाको टोलीले विशेष सम्मान (गार्ड अफ अनर) प्रकट गरेको छ । थानी मङ्गलवार बंगलादेश हुँदै नेपाल ओर्लेका हुन् ।
मङ्गलवार नै अमिरले राष्ट्रपति पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता गर्दै छन् भने बेलुका सोल्टी होटलमा उनका स्वागतमा रात्रीभोज दिने कार्यक्रम छ । नेपाल भ्रमणको दोस्रो दिन बुधबार अमिरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता सकेर स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म
-
नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै
-
भारत र पाकिस्तानलाई युद्ध रोक्न नागरिक समाजको अपिल
-
पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
-
बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते