बाजागाजासहित सर्वसाधारणले गरे कतारी राजाको स्वागत (तस्बिरहरू)
काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै भव्य स्वागत गरिएको छ । मङ्गलवार अपराह्न त्रिवि विमानस्थल अवतरण गरेका थानी त्यहाँबाट तीनकुने, नयाँबानेश्वर, माइतीघर, शहिदगेट, दरबार मार्ग, बालुवाटार हुँदै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । अमिर सवार हुने क्षेत्रमा सर्वसाधारणले सडकमै बाजागाजासहित स्वागत भव्य गरेका छन् ।
थानीलाई त्रिभुवन विमानस्थलमा विशेष सम्मान प्रदान गरिएको छ । निजी विमानमा दिउँसो ३ः३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका थानीलाई विमानस्थलमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका थिए ।
त्यसपछि उनलाई नेपाली सेनाको टोलीले विशेष सम्मान (गार्ड अफ अनर) प्रकट गरेको छ । थानी मङ्गलवार बंगलादेश हुँदै नेपाल ओर्लेका हुन् ।
मङ्गलवार नै अमिरले राष्ट्रपति पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता गर्दै छन् भने बेलुका सोल्टी होटलमा उनका स्वागतमा रात्रीभोज दिने कार्यक्रम छ । नेपाल भ्रमणको दोस्रो दिन बुधबार अमिरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता सकेर स्वदेश फर्किने कार्यक्रम रहेको छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण