इलाममा डकेन्द्रलाई हाम्रो नेपाली पार्टी र लौरो अभियानको साथ
काठमाडौँ । हाम्रो नेपाली पार्टी र लौरो अभियानले वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनमा इलाम–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी हाम्रो नेपाली पार्टीले अगामी उपनिर्वाचनमा इलाम–२ मा थेगिमलाई समर्थन गर्ने घोषणा गरेको हो ।
हाम्रो नेपाली पार्टी, लौरो अभियानका प्रवक्ता रोहन कार्कीले इलाम–२ का लौरो अभियानका शुभचिन्तक र समर्थकलाई ‘मुढा’ चुनाव चिन्हमा मतदान गर्न अपिल गरे । ‘अहिले हामीले डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने र इलाम क्षेत्र नम्बर २ मा हाम्रो नेपाली पार्टी लौरो अभियानका शुभचिन्तकले मुढा चुनाव चिन्हमा अत्यधिक मत दिएर विजयी गराउने हामीले निर्णय गरेका छौँ,’ उनले भने ।
दलहरूले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र देशमा कुशासन कायमै रहेको उनको भनाइ छ । ‘नेपाली कांग्रेस, एमाले र माओवादी हुँदै अहिले केही नयाँ भनिएका दलसम्म आइपुग्दा राजनीतिक दलहरूमा देखिएका जो कमीकमजोरी थियो, भ्रष्टाचार, कुशासन थियो । त्यो चिज अहिले पनि घटेको अवस्था छैन,’ प्रवक्ता कार्कीले भने ।
आफूहरूले लौरोलाई स्वतन्त्रहरूको छत्रछाया बनाउन चाहेको उनको भनाइ छ । उनले आफूहरू दल भर्सेस स्वतन्त्र उम्मेदवारको लडाइँमा रहेको बताए । अहिलेदेखि नै ०८४ को पनि तयारी सुरु भइसकेको उनको भनाइ छ ।
हाम्रो नेपाली पार्टी, लौरो अभियानका केन्द्रीय सदस्य विनोद बजगाईँले स्वतन्त्रहरूलाई नै साथ दिनुपर्छ भन्ने उद्देश्यले थिगिमलाई नै समर्थन गर्ने निर्णय गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण