शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बिदाको दिन चलाइएका पाँच सरकारी सवारी साधन नियन्त्रणमा

मङ्गलबार, ११ वैशाख २०८१, २० : ४६
मङ्गलबार, ११ वैशाख २०८१

वीरगन्ज । पर्सा प्रहरीले बिदाको दिन अनुमतिविना चलाइएको पाँच सरकारी सवारी साधन नियन्त्रणमा लिएको छ । मङ्गलबार सार्वजनिक बिदा रहे पनि विना इजाजत गुडाएको आरोपमा प्रहरीले ती सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

मालपोत कार्यालय सर्लाहीका अधिकृत उमेश कुमार कुश्वाहा सवार बा१झ ५८३८ नम्बरको गाडी, विद्युत् प्राधिकरणको बा१ञ २१५८ नम्बरको गाडी, परवानीपुर गाउँपालिकाको ना१ब २५५९ नम्बरको मोटरसाइकलसहित पाँच वटा सरकारी सवारी साधन मङ्गलबार नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

सरकारी गाडीको दुरुपयोग बढेको गुनासोपछि बिदाका दिन विना अनुमति चलाउने सरकारी गाडी नियन्त्रणमा पर्सा प्रहरीले कडाइ गरेको हो । यसका अतिरिक्त ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई प्रहरीले कारबाही गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाए ।

उनका अनुसार बिना अनुमति बिदाको दिन सरकारी गाडी चलाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने ५० वटा सवारी साधनलाई पर्सा प्रहरीले कारबाही गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप