बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति
बरहथवा । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु छ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् ।
बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी हुँदा उक्त क्षति भएको हो । आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जल्दा रु छ लाख बराबरको क्षति भएको जिल्ला प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।
बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । घरमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतोसहित दुई जना घाइते भएका छन्। घाइतेको दुवै हात र खुट्टा जलेका प्रहरीले जनाएको हो । अर्का स्थानीय २३ वर्षीयका राज मङ्गलको दाहिने हात जलेको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
यसैबीच, गए राति जिल्लाको कविलासी नगरपालिका–२, पिपरियामा भएको आगलागीबाट स्थानीयको ८० हजार मूल्य बराबरको परालको कुन्यू नष्ट भएको छ । आगलागीबाट सोही स्थानका वारिस शेख, ह्रदय राय, बहादुर राय र विजिन्दर पासवानको कुन्यू जलेको हो ।
दुवै स्थानमा लागेको आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वारुणयन्त्रको सहायतामा निभाइएको थियोे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीका कारण रोकियो छानबिन समितिको टीओआर, कार्यदलमा यसरी भयो सहमतिको खोजी
-
गोरखामा भेनस अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
-
हैदराबादलाई सजिलै हराउँदै कोलकाता फाइनलमा
-
जेठ ११ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित
-
सत्तामा नहुँदा कांग्रेस पानीबाट निकालेको माछाजस्तै भट्याक भट्याक गर्दैछ : ओली
-
सिरोहियालाई जनकपुर लगियो, बुधबार म्याद थप गरिने