आज कहाँ–कहाँ हुन्छ सडक अवरुद्ध ?

काठमाडौँ । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी आज दोस्रो दिन नेपालको भ्रमणमा छन् । भ्रमण पूरा गरेर आज मध्यान्ह उनी स्वदेश फर्किने कार्यक्रम छ ।
कतारका राजालाई ‘अति विशिष्ट स्तरको सुरक्षा’ दिइएको छ । काठमाडौँको बत्तिसपुतली स्थित होटल द्वारिकामा दुईपक्षिय सम्झौता र लन्चको कार्यक्रम राखिएको छ । बुधवार कालिमाटी स्थित सोल्टी होटलबाट गौशाला पुग्ने सडक र गौशालाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने सडक अवरुद्ध हुनेछ ।
कतारी राजाको सवारी सुरु भएपछि १० मिनेटदेखि आधा घण्टा सम्म सडकमा अन्य गाडी चल्न नदिइने उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी पोषरोज पोखरेलले रातोपाटीलाई बताए । उनले भने–‘सोल्टीबाट द्वारिका तर्फ सवारी हुँदा र द्वारिकाबाट विमानस्थल तर्फ प्रस्थान गर्दा सडक डिस्टर्व हुन्छ ।’
सोल्टीबाट कमलपोखरी हुँदै द्वारिका र द्वारिकाबाट तिलगंगा हुँदै विमानस्थल तर्फ जाने सडक अवरुद्ध हुने डीआईजी पोखरेलले जानकारी दिए ।
अमिर शेख करिब १२ बजे सोल्टीबाट द्वारिका र द्वारिकाबाट २ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने तयारी
-
विद्यार्थीहरूलाई गाडीमा अनिवार्य छुट दिन स्ववियु अमृत क्याम्पसको माग
-
देशभरका ६ महानगरमध्ये सबैभन्दा कम बेरुजु विराटनगरमा
-
‘ऊनको स्वीटर’ का दर्शक भेट्न हल पुगे विपिन
-
किरियापुत्री भवन बनाउन महायज्ञ
-
राजनीतिक दलका कार्यकर्तालाई गभर्नर बनाउन खोजियो : सांसद सिंह