पोखरामा बसले स्कुटरलाई ठक्कर दिँदा किशोरीको मृत्यु
बुधबार, १२ वैशाख २०८१, १४ : ३६
पोखरा । पोखरामा बसले स्कुटरलाई ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका १४ चाउथेमा गएराती बसले स्कुटरलाई ठक्कर दिँदा खसीबजारकी १९ वर्षीया खुसी प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा१प १३३८ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ग२४प ३२९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
ठक्करबाट पोखरा सिमलचौरकी २१ वर्षीया दिपीका गुरुङ घाइते भएको डीएसपी शर्माले बताए । घाइते गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
स्कुटरलाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण