विश्वकपका लागि सन्न्यास फिर्ता लिने कप्तानको आग्रह नरेनद्वारा अस्वीकार
कोलकाता । वेस्ट इन्डिजका क्रिकेटर सुनील नरेनले टी–२० विश्वकपका लागि आफ्नो सन्न्यास फिर्ता नलिने स्पष्ट पारेका छन् । विश्वकप १ जुनदेखि वेस्ट इन्डिज र अमेरिकामा खेलाइनेछ ।
आफ्नो लागि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कने ढोका बन्द भइसकेको नरेनको भनाई छ । उनले यसका लागि तयारी गरिरहेका खेलाडीहरूलाई आफ्नो समर्थन हुने बताए ।
केही दिनअघि वेस्ट इन्डिजका कप्तान रोमेन पावेलले नरेनलाई सन्न्यास फिर्ता लिन आग्रह गरेको बताएका थिए । विश्वकपअघि नरेनको मन बदलिनेमा उनले आशा पनि व्यक्त गरेका थिए । पावेल हाल इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सबाट खेलिरहेका छन् ।
नरेनले सन् २०२३ को नोभेम्बरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । उनले सन् २०१९ मा वेस्ट इन्डिजका लागि अन्तिम खेल खेलेका थिए ।
नरेन पनि आईपीएलकै कोलकाता नाइट राइडर्सबाट व्यावसायिक क्रिकेट खेलिरहेका छन् । यो सिजन उनले कोलकाताका लागि ओपनिङ गर्दै ७ खेलमा १७६.५४ को स्ट्राइक रेटले २ सय ८६ रन बनाएका छन् ।
यसमा एक शतक र एक अर्धशतक सामेल छ । उता उनले ७ खेलमा ७.११ को इकोनोमी रेटले ९ विकेट लिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण