सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकपका लागि सन्न्यास फिर्ता लिने कप्तानको आग्रह नरेनद्वारा अस्वीकार

बुधबार, १२ वैशाख २०८१, १५ : ३९
बुधबार, १२ वैशाख २०८१

कोलकाता । वेस्ट इन्डिजका क्रिकेटर सुनील नरेनले टी–२० विश्वकपका लागि आफ्नो सन्न्यास फिर्ता नलिने स्पष्ट पारेका छन् । विश्वकप १ जुनदेखि वेस्ट इन्डिज र अमेरिकामा खेलाइनेछ ।

आफ्नो लागि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कने ढोका बन्द भइसकेको नरेनको भनाई छ । उनले यसका लागि तयारी गरिरहेका खेलाडीहरूलाई आफ्नो समर्थन हुने बताए । 

केही दिनअघि वेस्ट इन्डिजका कप्तान रोमेन पावेलले नरेनलाई सन्न्यास फिर्ता लिन आग्रह गरेको बताएका थिए । विश्वकपअघि नरेनको मन बदलिनेमा उनले आशा पनि व्यक्त गरेका थिए । पावेल हाल इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सबाट खेलिरहेका छन् ।

नरेनले सन् २०२३ को नोभेम्बरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । उनले सन् २०१९ मा वेस्ट इन्डिजका लागि अन्तिम खेल खेलेका थिए ।

नरेन पनि आईपीएलकै कोलकाता नाइट राइडर्सबाट व्यावसायिक क्रिकेट खेलिरहेका छन् । यो सिजन उनले कोलकाताका लागि ओपनिङ गर्दै ७ खेलमा १७६.५४ को स्ट्राइक रेटले २ सय ८६ रन बनाएका छन् । 

यसमा एक शतक र एक अर्धशतक सामेल छ । उता उनले ७ खेलमा ७.११ को इकोनोमी रेटले ९ विकेट लिइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप