एक साताभित्र युक्रेनमा हतियार पुग्छ: अमेरिका
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले एक साताभित्र युक्रेनलाई अमेरिकी हतियार र उपकरण उपलब्ध गराउने बताएका छन् । गत हप्ता मात्रै अमेरिकी सिनेटले युक्रेनलाई ६१ अर्ब डलरको सहायता उपलब्ध गराउने कानुनलाई अनुमोदन गरेको थियो ।
अमेरिकी कांग्रेसमा विगत ६ महिनादेखि विधेयक अड्किएको थियो । तर, मतदानमा सिनेटले युक्रेनका लागि राहत प्याकेजलाई अनुमोदन गरेको छ । जुनसुकै बेला बाइडेनले यो विधेयकमा हस्ताक्षर गर्न सक्ने विश्वास गरिएको छ । यस विधेयकमा इजरायल र ताइवानका लागि अर्बौँ डलरको सहायताको प्रावधान पनि छ ।
यो राहत प्याकेजले अत्याचार र दमनका विरुद्ध अमेरिका बलियो रूपमा उभिएको छ भनेर देखाएको बाइडेनको भनाइ छ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पनि राहत प्याकेजका लागि अमेरिकी सिनेटप्रति आभार व्यक्त गरेका छन् । जेलेन्स्कीले यो सहयोग आफ्नो देशका लागि निकै महत्त्वपूर्ण रहेको बताएका छन् ।
राहत प्याकेजलाई स्वीकृत गरेर अमेरिकाले युक्रेन युद्धमा कत्तिको हस्तक्षेप गरिरहेको छ भन्ने देखाएको पछि रुसले बताएको थियो । जेलेन्स्कीले लामो समयदेखि रुससँग लड्न पश्चिमी हतियारहरू खोज्दै आएका थिए । रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेको थियो । यस भयावह युद्धमा दुवै पक्षबाट दसौँ हजार मानिस मारिएका छन् र युक्रेनको ठुलो जनसङ्ख्या घरबारविहीन बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण