सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जर्मनीले गाजालाई फेरि मद्दत गर्ने

बुधबार, १२ वैशाख २०८१, १७ : ०६
बुधबार, १२ वैशाख २०८१

जर्मनी । जर्मनीले गाजामा मानवीय सहायता प्रदान गर्न फेरि थाल्ने भएको छ । गाजामा सहयोग पुर्‍याउने संयुक्त राष्ट्रसंघीय एजेन्सी यूएनआरडब्ल्यूएलाई आर्थिक सहयोग पुनः सुरु गर्ने उसले बताएको हो । अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणमा यूएनआरडब्ल्यूएका कार्यकर्ता पनि संलग्नता रहेको आरोप इजरायलले लगाएको थियो । यसपछि विश्वका धेरै देशहरूले संस्थालाई दिँदै आएको रकम रोकेका थिए ।

यी आरोपलाई समर्थन गर्ने गरी इजरायलले प्रमाण नदिएको हालै एक स्वतन्त्र अनुसन्धान प्रतिवेदनले खुलासा गरेपछि जर्मनीले गाजाका लागि पुनः सहायता जारी गर्ने निर्णय गरेको हो । यसैबिच इजरायलले यो अनुसन्धान प्रतिवेदनले समस्याको गम्भीरतालाई बेवास्ता गरेको जनाएको छ ।

स्विडेन, क्यानडा र जापानलगायत धेरै देशले यस एजेन्सीलाई सहयोग गर्न थालिसकेका छन् । इजरायलको आरोपपछि यी देशहरूले पनि सहायता पठाउन बन्द गरेका थिए । अमेरिका र बेलायतले अझै पनि यूएनआरडब्ल्यूएलाई सहायता रोकिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप