जर्मनीले गाजालाई फेरि मद्दत गर्ने
जर्मनी । जर्मनीले गाजामा मानवीय सहायता प्रदान गर्न फेरि थाल्ने भएको छ । गाजामा सहयोग पुर्याउने संयुक्त राष्ट्रसंघीय एजेन्सी यूएनआरडब्ल्यूएलाई आर्थिक सहयोग पुनः सुरु गर्ने उसले बताएको हो । अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणमा यूएनआरडब्ल्यूएका कार्यकर्ता पनि संलग्नता रहेको आरोप इजरायलले लगाएको थियो । यसपछि विश्वका धेरै देशहरूले संस्थालाई दिँदै आएको रकम रोकेका थिए ।
यी आरोपलाई समर्थन गर्ने गरी इजरायलले प्रमाण नदिएको हालै एक स्वतन्त्र अनुसन्धान प्रतिवेदनले खुलासा गरेपछि जर्मनीले गाजाका लागि पुनः सहायता जारी गर्ने निर्णय गरेको हो । यसैबिच इजरायलले यो अनुसन्धान प्रतिवेदनले समस्याको गम्भीरतालाई बेवास्ता गरेको जनाएको छ ।
स्विडेन, क्यानडा र जापानलगायत धेरै देशले यस एजेन्सीलाई सहयोग गर्न थालिसकेका छन् । इजरायलको आरोपपछि यी देशहरूले पनि सहायता पठाउन बन्द गरेका थिए । अमेरिका र बेलायतले अझै पनि यूएनआरडब्ल्यूएलाई सहायता रोकिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण