धरहराको फेदबाट प्रधानमन्त्रीको उद्घोष : फाँसीवाद होइन, अब जनवाद आउँछ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशमा जनवाद आउने उद्घोष गरेका छन् ।
काठमाडौँको सुनधारस्थित धरहराको भगनावशेष रहेको स्थानमा भूकम्पमा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अपर्ण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब फाँसीवाद होइन जनवाद आउँछ । समृद्धिवाद, खुसीवाद आउँछ ।’
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसप्रति लक्षित गर्दै सरकार बिलयो हुँदा तानशाही देख्ने प्रवृत्ति रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र बलियो हुनु भनेको जनता बलियो हुनु रहेको स्पष्ट पारे ।
‘सरकार जनताको सेवा लाग्दा फाँसिवाद कसरी आउँछ ? जनतलाई भोको राखेर कस्तो लोकतन्त्र आउँछ ?,’ प्रधानमन्त्रीले भने, ‘अलपत्रवाद होइन अब जनताको व्यवस्था ल्याउँछौ ।’
रोजगारी नभएर जनता बलियो नहुने जिकिर गर्दै उनले नेपालमा रोजगारी भएको जनता बनाउने प्रतिबद्धता पनि व्यक्त गरे । ‘मोरीले टाढा टाढा गएर आफ्नो घार भर्छ । तर, हामी चाहीँ घार छाडेर विदेश गइरहेका छौँ,’ उनले भने ।

फरक प्रशंगामा प्रधानमन्त्रीले ओलीले बाट धरहरा छिट्टै उठ्ने बताए । उनले नयाँ बन्ने धरहरा कलात्मक र बलियो हुने पनि दाबी गरे ।
‘हामी व्यापारिक प्रयोजनका लागि होइन, इतिहास र संस्कृतिको संरक्षणको लागि धरहरा बनाउन खोजिरहेका छौँ,’ उभनले भने, ‘तल मल राखेर धरहरा ठड्याउन खोजेका हैनौँ । हामी आफ्नो धरहरा आफै बनाउँछौँ ।’

उनले सरकारी जग्गा अतिक्रमण बन्द हुने पनि जिकिर गरे । प्राकृतिक प्रकोप आउँदा खुल्ला ठाउँ नपाउनु लज्जास्पद कुरा भएको बताउँदै अब यस्तो हुन नदिने प्रतिबद्धता जनाए ।
आफूहरुले पाँच वर्षमा पुनर्निर्माण पूरा गर्ने लक्ष्य लिए पनि तीन वर्षको काम गर्दा लक्ष्य पूरा नहुने देखिएको बताए । यसका वावजुद प्रयास जारी राखिने जिकिर गरे ।
उनले पछिल्ला तीन वर्ष नेपाली जनताले पीडा भोगे पनि निराश हुने अवस्था नरहेको बताए ।

‘अब समृद्धि झल्काउने नेपाल निर्माण गर्छौं,’ उनले भने, ‘पुननिर्माण प्राधिरणले काम गरिरहेको छ । हामी सबै यो अभियानमा लाग्छौँ ।’
अर्को प्रशंगमा उनले धुर्मुस सुन्तलीले स्टेडियम बनाउँछु भन्दा खेलकुद मन्त्री र खेलकुद परिषद् उनीहरुको पछि दगुरेकामा आपत्ति जनाए । ‘त्यसो हो भने खेलकुद मन्त्रालय किन चाहियो ?,’ ओलीको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण