१६ औँ योजनाको छलफलका लागि पूर्वप्रधानमन्त्रीदेखि ७५३ पालिकाका प्रतिनिधिलाई काठमाडौँ बोलाइयो
काठमाडौँ । १६ औँ पञ्चवर्षीय योजनाका लागि बिहीबार राष्ट्रिय विकास परिषद्को वृहत् बैठक बस्ने भएको छ । प्रधानमन्त्री एवम् राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षमा बस्ने आयोगको बैठकले आर्थिक वर्ष २०८१/८२ देखि २०८६/८७ सम्मको ५ वर्षे वृहत् रणनीति बनाउनेछ ।
सत्तासीन राजनीतिक दल र प्रमुख प्रतिपक्षी दलको समेत सहभागिता रहने यस बैठक आवधिक योजनाका लागि सबैभन्दा ठुलो र महत्त्वपूर्ण कार्यक्रम हो । कार्यक्रममा सबै पूर्व प्रधानमन्त्रीहरूलाई समेत निम्ता पठाइएको छ ।
कार्यक्रममा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले प्रस्तुति राख्नेछन् भने उनको प्रस्तुतिमाथि वक्ताहरूले धारणा राख्नेछन् । कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेतासहित सत्ता साझेदार दलका सबै अध्यक्षहरूले सम्बोधन गर्ने आयोगले जानकारी गराएको छ ।
कार्यक्रममा सबै प्रदेशका मुख्यमन्त्री र स्थानीय सरकारका प्रतिनिधि (७५३ पालिकाहरूबाटै) प्रतिनिधिहरूलाई अनिवार्य उपस्थितिका लागि आमन्त्रण गरिएको छ ।
साथै निजी क्षेत्रका प्रतिनिधि संघ संगठन र ठुला उद्योगी, व्यवसायीहरू समेत कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रममा उठेको सवाल, सल्लाह तथा सुझाव १६औँ पञ्चवर्षीय योजनामा समेटिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण