प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
वासिङ्टन डिसी । टिकटकले अमेरिकामा प्रतिबन्धित हुन सक्ने ‘असंवैधानिक’ कानुनलाई अदालतमा चुनौती दिने बताएको छ। राष्ट्रपति जो बाइडेनले टिकटकको स्वामित्वमा रहेको चिनियाँ कम्पनी बाइटडान्सलाई यस एपबाट लगानी फिर्ता लिन वा अमेरिकामा प्रतिबन्धको सामना गर्न नौ महिनाको समय दिएको विधेयकमा हस्ताक्षर गरेका छन्।
टिकटकले चिनियाँ सरकारसँग प्रयोगकर्ताको डाटा सेयर गरिरहेको हुन सक्ने चिन्ताका कारण यो कानुन ल्याइएको हो। तर, चिनियाँ कम्पनीले यो दाबीलाई सधैँ अस्वीकार गर्दै आएको छ ।
टिकटकका मालिक सु जी चुले भने, ‘अदालतमा हाम्रो अधिकारको लागि लडाइरहनेछौँ। हामी विश्वस्त छौँ, तथ्य र संविधान हाम्रो पक्षमा छ । ढुक्क हुनुहोस् हामी कतै जाँदैनौँ।’
टिकटकमा जारी गरिएको भिडियोमा उनले विधेयकको आलोचना गर्दै प्रयोगकर्ताहरूलाई टिकटकले कसरी उनीहरूको जीवनमा सुधार ल्याएको छ भनेर आफ्ना कथाहरू साझा गर्न आग्रह गरे। उनले भने, ‘कुनै गल्ती नगर्नुहोस्, यो प्रतिबन्ध हो - टिकटकमा प्रतिबन्ध र तपाईंमाथि प्रतिबन्ध, तपाईंको आवाजमा प्रतिबन्ध।’
एउटा छुट्टै बयानमा टिकटकले भन्यो, ‘सत्य यो हो कि हामीले अमेरिकाको डाटा सुरक्षित राख्न अरबौँ डलर लगानी गरेका छौँ र हाम्रो प्लेटफर्म कुनै पनि प्रकारको दबाबबाट मुक्त छ।’
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण