आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल

बिहीबार, १३ वैशाख २०८१, ११ : ०२
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले जलविद्युत र पर्यटन क्षेत्र ‘इन्जिन अफ ग्रोथ’का रूपमा रहेको भन्दै त्यसको उपयोग, परिचालन र व्यवस्थापनमा ध्यान दिन सक्नुपर्ने बताएका छन् । 

राष्ट्रिय विकास परिषद् बैठकमा १६ औँ योजनाबारे बिहीबार सुझाव दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले नेपालका कतिपय योजनाहरु हचुवाको भरमा अघि सार्दा प्रभावकारी बन्न नसकेको टिप्पणी गरे । 

‘उदाहरणका लागि सबै पालिकामा अस्पताल । भवन बनाइएको छ न उपकरण छन् न दक्ष चिकित्सक ?’, नेपालको प्रश्न छ ।  उनले प्रत्येक पालिकामा अस्पताल बनाउनुको साटो एक जिल्लामा दुईवटासम्म स्तरीय अस्पताल भए नागरिकले सेवा पाउन सक्ने बताए । ‘तराईको एक जिल्लामा दुई वटा मात्र राम्रो अस्पताल भए बरु त्यो प्रभावकारी हुन्छ’, नेपालको भनाइ छ ।  

उनले नेपालको विकासका लागि कृषि र वन र खानिजन्य उद्योगहरूलाई प्राथमिकता दिनुपर्ने बताए । अध्यक्ष नेपालले उद्योगहरू खोल्न र सञ्चालन गर्न निजी क्षेत्र उत्साहित हुन नसक्नुको कारण खोज्न सक्नुपर्ने बताए ।

‘नीजि क्षेत्र किन उत्साहित हुन सकेको छैन ? यसबारेमा गहिरो कारण खोज्नुपर्छ’, अध्यक्ष नेपालले भने, ‘नेपालको अर्थतन्त्रको मुख्य शक्ति भनेको कृषि हो । नेपालको इन्जिन अफ ग्रोथ जलविद्युत र पर्यटन हो । जलविद्युतका क्षेत्रमा केके समस्या छन् त रु त्यसका लगानीकर्ताले कस्तो समस्या महसुस गरिरहेका छन् ? यसको समाधान खोज्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप