नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले जलविद्युत र पर्यटन क्षेत्र ‘इन्जिन अफ ग्रोथ’का रूपमा रहेको भन्दै त्यसको उपयोग, परिचालन र व्यवस्थापनमा ध्यान दिन सक्नुपर्ने बताएका छन् ।
राष्ट्रिय विकास परिषद् बैठकमा १६ औँ योजनाबारे बिहीबार सुझाव दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले नेपालका कतिपय योजनाहरु हचुवाको भरमा अघि सार्दा प्रभावकारी बन्न नसकेको टिप्पणी गरे ।
‘उदाहरणका लागि सबै पालिकामा अस्पताल । भवन बनाइएको छ न उपकरण छन् न दक्ष चिकित्सक ?’, नेपालको प्रश्न छ । उनले प्रत्येक पालिकामा अस्पताल बनाउनुको साटो एक जिल्लामा दुईवटासम्म स्तरीय अस्पताल भए नागरिकले सेवा पाउन सक्ने बताए । ‘तराईको एक जिल्लामा दुई वटा मात्र राम्रो अस्पताल भए बरु त्यो प्रभावकारी हुन्छ’, नेपालको भनाइ छ ।
उनले नेपालको विकासका लागि कृषि र वन र खानिजन्य उद्योगहरूलाई प्राथमिकता दिनुपर्ने बताए । अध्यक्ष नेपालले उद्योगहरू खोल्न र सञ्चालन गर्न निजी क्षेत्र उत्साहित हुन नसक्नुको कारण खोज्न सक्नुपर्ने बताए ।
‘नीजि क्षेत्र किन उत्साहित हुन सकेको छैन ? यसबारेमा गहिरो कारण खोज्नुपर्छ’, अध्यक्ष नेपालले भने, ‘नेपालको अर्थतन्त्रको मुख्य शक्ति भनेको कृषि हो । नेपालको इन्जिन अफ ग्रोथ जलविद्युत र पर्यटन हो । जलविद्युतका क्षेत्रमा केके समस्या छन् त रु त्यसका लगानीकर्ताले कस्तो समस्या महसुस गरिरहेका छन् ? यसको समाधान खोज्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
मुलुकको समृद्धिका लागि हरित कर र लगानी विस्तार गर्नुपर्नेमा जोड
-
प्रतिपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरोध
-
११ बुँदे मागसहित जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदन नचलाऔँ : एमाले
-
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्कराज राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण