नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो
बिहीबार, १३ वैशाख २०८१, ११ : ४९
काठमाडौँ । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा १ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको जडीबुटी निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउनदेखि चैत महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको जडीबुटी निर्यात भएको हो ।
तथ्यांकअनुसार यस अवधिमा ६२ करोड ५८ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ । यसबाहेक १ अर्ब ४६ करोडको कथ्था निर्यात हुँदा रुद्राक्षका दानाबाट ३ करोड ५९ लाख रुपैयाँ विदेशी मुद्रा आर्जन भएको छ ।
५ करोड रुपैयाँभन्दा बढीको अर्गेलीको बोक्रा निर्यात हुँदा १० करोड ८ लाख रुपैयाँको रिट्ठा निर्यात भएको छ । यसबाहेक अम्रिसोको निर्यातबाट १ अर्ब ११ करोड रुपैयाँ आर्जन भएको छ । यस्तै भन्सार विभागका अनुसार यस अवधिमा ५ करोड ८३ लाख रुपैयाँको गिन्सिङका जराको निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण