आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा

बिहीबार, १३ वैशाख २०८१, १५ : २९
बिहीबार, १३ वैशाख २०८१

 

काठमाडौँ । वैशाख १५ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचन सुरक्षित र भयरहित वातावरणमा सपन्न गर्न प्रहरीले आवश्यक तयारीसहित आन्तरिक तथा बाह्य योजना बनाएको छ ।

त्यसका लागि प्रहरीले मतदानस्थलदेखि मतगणना स्थलसम्म भरपर्दो एवं मजबुद सुरक्षा व्यवस्था मिलाइएको दाबी गरेको हो ।

उपनिर्वाचनमा हुनसक्ने सम्भावित खतराकाबारेमा समेत प्रहरी सचेत रहेको प्रहरी प्रवक्ता (डीआईजी) भिम प्रसाद ढकालले पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

उपनिर्वाचनको सुरक्षा व्यवस्थाबारे प्रहरी प्रधान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी सम्भावित खतराबाट जोगिन अपनाउनुपर्ने सावधानीका बारेमा समेत सचेत गराएको हो ।  

उपनिर्वाचनमा हुन सक्ने सम्भावित खतराहरुः

–निर्वाचन विरोधी दल र समूहका गतिविधि ।

–निर्वाचनलाई जातीय, धार्मिक, साम्प्रदायिक तथा क्षेत्रीयकरण गर्ने कार्य ।

–बुथ कब्जा गर्ने ।

–पैदल तथा सडकमार्गहरुमा अवरोध गर्ने ।

–डर, धाक, धम्की, तोडफोड, अपहरण, आगजनी, हत्या आदी ।

–अफवाह फैलाउने, सुरक्षाकर्मीलाई Misguide गर्ने ।

–निर्वाचन प्रक्रियामा अवरोध गर्ने ।

–आचारसंहिताको उलङ्घन ।

–आवश्यक निर्वाचन सामग्री समयमा नै पुग्न नसक्नु ।

–निर्वाचन सामग्री तोकिएको ठाउँमा नपुगी अन्यत्र पुग्नु ।

– खटिएका कर्मचारीबाट हुन सक्ने मानवीय त्रुटि, गैह्र व्यावसायिक कार्य र आचरण एवं आपसी समन्वय नहुनु ।

–मतपेटिका र अन्य निर्वाचन सामग्रीको अव्यवस्थित व्यवस्थापन, भण्डारण तथा हुन सक्ने दुरुपयोग ।

सम्भावित १२ खतरालाई मध्यनजर गर्दै निर्वाचन क्षेत्रमा सुरक्षा प्रदान गर्न प्रहरी प्रधान कार्यालयले सोही अनुसार जनशक्ति परिचालन गर्ने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप