उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
काठमाडौँ । वैशाख १५ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचन सुरक्षित र भयरहित वातावरणमा सपन्न गर्न प्रहरीले आवश्यक तयारीसहित आन्तरिक तथा बाह्य योजना बनाएको छ ।
त्यसका लागि प्रहरीले मतदानस्थलदेखि मतगणना स्थलसम्म भरपर्दो एवं मजबुद सुरक्षा व्यवस्था मिलाइएको दाबी गरेको हो ।
उपनिर्वाचनमा हुनसक्ने सम्भावित खतराकाबारेमा समेत प्रहरी सचेत रहेको प्रहरी प्रवक्ता (डीआईजी) भिम प्रसाद ढकालले पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
उपनिर्वाचनको सुरक्षा व्यवस्थाबारे प्रहरी प्रधान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी सम्भावित खतराबाट जोगिन अपनाउनुपर्ने सावधानीका बारेमा समेत सचेत गराएको हो ।
उपनिर्वाचनमा हुन सक्ने सम्भावित खतराहरुः
–निर्वाचन विरोधी दल र समूहका गतिविधि ।
–निर्वाचनलाई जातीय, धार्मिक, साम्प्रदायिक तथा क्षेत्रीयकरण गर्ने कार्य ।
–बुथ कब्जा गर्ने ।
–पैदल तथा सडकमार्गहरुमा अवरोध गर्ने ।
–डर, धाक, धम्की, तोडफोड, अपहरण, आगजनी, हत्या आदी ।
–अफवाह फैलाउने, सुरक्षाकर्मीलाई Misguide गर्ने ।
–निर्वाचन प्रक्रियामा अवरोध गर्ने ।
–आचारसंहिताको उलङ्घन ।
–आवश्यक निर्वाचन सामग्री समयमा नै पुग्न नसक्नु ।
–निर्वाचन सामग्री तोकिएको ठाउँमा नपुगी अन्यत्र पुग्नु ।
– खटिएका कर्मचारीबाट हुन सक्ने मानवीय त्रुटि, गैह्र व्यावसायिक कार्य र आचरण एवं आपसी समन्वय नहुनु ।
–मतपेटिका र अन्य निर्वाचन सामग्रीको अव्यवस्थित व्यवस्थापन, भण्डारण तथा हुन सक्ने दुरुपयोग ।
सम्भावित १२ खतरालाई मध्यनजर गर्दै निर्वाचन क्षेत्रमा सुरक्षा प्रदान गर्न प्रहरी प्रधान कार्यालयले सोही अनुसार जनशक्ति परिचालन गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण