यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने
काठमाडौँ । प्रहरीले शनिबार दुई स्थानमा हुने उपनिर्वाचनका लागि सुरक्षा योजना तयार गरेको छ । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ प्रहरीले सुरक्षा योजना तयार गरेको हो । शनिबार इलाम २ र बझाङ प्रदेशसभा १ मा उपनिर्वाचन हुँदैछ ।
उपनिर्वाचनका लागि सम्भावित सुरक्षा चुनौतीलाई मध्यजनजर गर्दै सुरक्षा योजना बनाइएको भन्दै प्रहरीले इलाम २ मा १ हजार ३६३ जना र बझाङ प्रदेशसभा १ मा १ हजार २४ जना प्रहरी परिचालन हुने भएका छन् । प्रहरीले मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक र अवाञ्छित गतिविधिको पूर्वसूचना प्राप्त भएमा बल प्रयोग गरिने जनाएको छ ।
यस्तै विभिन्न दलका समर्थकबिच आपसमा झै–झगडा तथा कुटपिट वा पत्र तहसनहस हुने अवस्था भएमा, मतदान केन्द्रमा आक्रोशित भीडबाट सशस्त्र आक्रमण हुने अवस्था भएमा, मतदानस्थल र मतदान केन्द्र कब्जामा लिएमा वा लिने प्रयास गरेमा, मतदाताहरुलाई मतदान गर्न जान अवरोध भएमा बल प्रयोग गर्ने सुरक्षा योजनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण