तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ३.२४ अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन छिनो अंक (०.१५ अंक) ले बढेर १९६९.१७ अंकमा उक्लिएको नेप्से सूचक बिहीबार ३.२४ अंकले घट्दै १९६५.९३ अंकमा झरेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँ बराबरको ६३ लाख १२ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।
बिहीबार फाइनान्स, लाइफ इन्स्योरेन्स, म्युचुअल फण्ड, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकीस बैंकिङ, डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् ।
यीमध्ये फाइनान्स समूहको उपसूचक ३.१३ प्रतिशतले बढेको छ भने अरु समूहको उपसूचक १ प्रतिशत कमले बढ्ने घट्ने भएका छन् ।
बिहीबार मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.०९ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण