आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार

बिहीबार, १३ वैशाख २०८१, १६ : ०४
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ३.२४ अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन छिनो अंक (०.१५ अंक) ले बढेर १९६९.१७ अंकमा उक्लिएको नेप्से सूचक  बिहीबार ३.२४ अंकले घट्दै १९६५.९३ अंकमा झरेको हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँ बराबरको ६३ लाख १२ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । 

 बिहीबार फाइनान्स, लाइफ इन्स्योरेन्स, म्युचुअल फण्ड, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकीस बैंकिङ, डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् । 

यीमध्ये फाइनान्स समूहको उपसूचक ३.१३ प्रतिशतले बढेको छ भने अरु समूहको उपसूचक १ प्रतिशत कमले बढ्ने घट्ने भएका छन् । 

 बिहीबार मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.०९ प्रतिशतले घट्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप