आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

टोपबहादुर सहितका प्रतिवादीको निवेदनमाथि सुनुवाइ पूरा

बिहीबार, १३ वैशाख २०८१, १७ : ५२
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका प्रतिवादीले दिएको निवेदन उपर सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासमा सुनुवाइ सकिएको हो ।  

पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्व सभासद् आङटावा शेर्पा, मुख्य बिचौलिया केशवप्रसाद दुलाल, सन्देश शर्मा र सानु भण्डारीसहित ९ जनाले थुनामुक्त गर्नुपर्ने माग राखेर निवेदन दिएका हुन् । हज समितिका अध्यक्ष शमशेर मियाँले आफूसँग उच्च अदालतले लिएको १० लाख धरौटी बदर गर्न माग गरेका छन् । शरणार्थी प्रकरणमा बिहीबार नै आदेश आउने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप