सात जिल्लामा हात्तीपाइले औषधि खुवाइने
काठमाडौँ । सरकारले सात जिल्लामा हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आम औषधि सेवन अभियान सञ्चालन गर्ने भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम मार्फत आगामी १६ गतेदेखि सो अभियान सुरु गर्ने भएको हो । झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा, र कपिलवस्तुमा औषधि खुवाइने छ ।
सात जिल्लाका १०१ स्थानीय तहमा ५० लाख ७८ हजार जनालाई हात्तीपाइलेको औषधि सेवन गराउने महाशाखाका प्रमुख डा. रुद्रप्रसाद मरासिनीले बताए ।
सो क्षेत्रमा ६ हजार स्वास्थ्यकर्मी र ५८ सय महिला स्वास्थ्य स्वयम् सेविका खट्ने छन् ।
रसुवा जिल्लामा रगत जाँच गरेर हेर्दा रोग देखिएकाले र बाँकी ६ जिल्लामा औषधि खान योग्य सबैले नखाई दिएकाले ती जिल्लामा हात्तीपाइले औषधि सेवन गराउन लागेको हो ।
नेपालका ६३ जिल्लाबाट सुरु गरिएको यो अभियान ५३ जिल्लामा बन्द गरिसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण