टी-२० क्रिकेट
नेपालले लगातार गुमायो तेस्रो र चौथो विकेट
आइतबार, १६ वैशाख २०८१, १४ : ४६
काठमाडौँ । दोस्रो टी–२० क्रिकेटमा आइतबार वेस्ट इन्डिजको ‘ए’ टोलीले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो तेस्रो र चौथो विकेट लगातार गुमाएको छ । नेपालले तेस्रो विकेटका रूपमा लोकेश बमलाई गुमाएको हो ।
ओपनर ब्याट्सम्यान लोकेशलाई क्यारेबियन बलर गुडाकेश मोटीले बोल्ड गरेका हुन् । पेभेलियन फर्किनुअघि लोकेशले १६ बलमा दुई छक्का र एक चौकाको मद्दतले १७ रन बनाएका थिए । ५.५ ओभरमा उनी आउट हुँदा नेपालले २८ रन बनाएको छ । त्यसअघि उनी ‘रिटायर्ड हर्ट’ भई केही समयका लागि क्रिजबाट बाहिरिएका थिए ।
त्यसलगत्तै नेपालले चौथो विकेटका रूपमा कुशल मल्ललाई गुमाएको थियो । उनी रन आउट भई पेभेलियन फर्किएका हुन् । खाता खोल्नुअघि नै उनी आउट भएका थिए । छैटौँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले २८ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026