रुवान्डा फिर्ता पठाइने अवैध आप्रवासीलाई पक्राउ गर्दै बेलायत
लन्डन । बेलायत सरकारले रुवान्डा पठाइने पहिलो उडानका लागि अवैध आप्रवासीहरूलाई पक्राउ गर्न सुरु गर्ने भएको छ । बेलायती गृह मन्त्रालयले यस्तो दाबी गरेको हो । द गार्डियनका अनुसार अवैध आप्रवासीहरूलाई सोमबारदेखि बन्दी गृहमा पठाइनेछ । यसका लागि सबै तयारी पूरा भइसकेको र आफूहरू यस अभियानको अन्तिम चरणतर्फ अघि बढिरहेको गृह मन्त्रालयले बताएको छ ।
मानव अधिकारवादी वकिल आमिर अनवरले सोमबारदेखि अवैध आप्रवासीलाई हिरासतमा लिने प्रक्रिया सुरु हुने बताएका छन् । प्रधानमन्त्री ऋषि सुनकले हालै मात्र अबको १० देखि १२ हप्तामा अवैध आप्रवासीहरू राखिएको पहिलो उडान रुवान्डा पठाइने बताएका थिए । यस तयारीमा गैरकानुनी रुपमा बेलायत बसिरहेका आप्रवासीलाई हिरासतमा राख्ने तयारी भएको गृह मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
हालै बेलायतको संसद्मा एउटा विधेयक पारित भएको थियो । यसको उद्देश्य गैरकानूनी रूपमा देशमा भित्रिने मानिसहरूलाई रोक्नु हो । अवैध आप्रवासीको समस्या समाधान गर्न बेलायत सरकारले अफ्रिकी देश रुवान्डासँग सम्झौता गरेको छ । यो सम्झौता अन्तर्गत बेलायती सरकारले रुवान्डालाई अवैध आप्रवासीलाई बस्न आर्थिक सहयोग उपलब्ध गराउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण