रुवान्डा फिर्ता पठाइने अवैध आप्रवासीलाई पक्राउ गर्दै बेलायत

लन्डन । बेलायत सरकारले रुवान्डा पठाइने पहिलो उडानका लागि अवैध आप्रवासीहरूलाई पक्राउ गर्न सुरु गर्ने भएको छ । बेलायती गृह मन्त्रालयले यस्तो दाबी गरेको हो । द गार्डियनका अनुसार अवैध आप्रवासीहरूलाई सोमबारदेखि बन्दी गृहमा पठाइनेछ । यसका लागि सबै तयारी पूरा भइसकेको र आफूहरू यस अभियानको अन्तिम चरणतर्फ अघि बढिरहेको गृह मन्त्रालयले बताएको छ ।
मानव अधिकारवादी वकिल आमिर अनवरले सोमबारदेखि अवैध आप्रवासीलाई हिरासतमा लिने प्रक्रिया सुरु हुने बताएका छन् । प्रधानमन्त्री ऋषि सुनकले हालै मात्र अबको १० देखि १२ हप्तामा अवैध आप्रवासीहरू राखिएको पहिलो उडान रुवान्डा पठाइने बताएका थिए । यस तयारीमा गैरकानुनी रुपमा बेलायत बसिरहेका आप्रवासीलाई हिरासतमा राख्ने तयारी भएको गृह मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
हालै बेलायतको संसद्मा एउटा विधेयक पारित भएको थियो । यसको उद्देश्य गैरकानूनी रूपमा देशमा भित्रिने मानिसहरूलाई रोक्नु हो । अवैध आप्रवासीको समस्या समाधान गर्न बेलायत सरकारले अफ्रिकी देश रुवान्डासँग सम्झौता गरेको छ । यो सम्झौता अन्तर्गत बेलायती सरकारले रुवान्डालाई अवैध आप्रवासीलाई बस्न आर्थिक सहयोग उपलब्ध गराउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह