कर्णालीका मुख्यमन्त्रीलाई कांग्रेसको प्रश्न : अहिलेसम्म सरकार गठन किन नगरेको ?
सोमबार, १७ वैशाख २०८१, १६ : ४२
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले अहिलेसम्म सरकार गठन गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रश्न उठाएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले अहिलेसम्म पनि सरकार गठन गर्न नसक्नु राम्रो नभएको बताए ।
‘लोकलाज मान्नुपर्ने हो, यतिका दिनसम्म पनि सरकारले पूर्णता पाउँदैन, जनताले के भन्लान्,’ उनले प्रश्न गरे, ‘मुख्यमन्त्रीले यसअघिको बैठकमा यो स्थिति धेरै दिन रहँदैन भन्नुभयो । तर आज पनि खाली नै ?’
सरकार विस्तार नभई मन्त्री नहुँदा कतिपय फाइल रोकिएको उनले बताए । ‘यो महत्त्वपूर्ण समय हो, एउटा बजेट बनाउने समय हो,’उनले भने, ‘मन्त्रालय मन्त्रीविहीन छन् । यो राम्रो कुरा भएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले सामाजिक न्यायसहितको लोकतान्त्रिक प्रणालीप्रतिको प्रतिबद्धता अझ स्पष्ट गर्नुपर्छ : वर्षमान पुन
-
इरान–अमेरिका वार्तामा लेबनान द्वन्द्व मुख्य एजेन्डा
-
रास्वपालाई वर्षमानको सुझाव– थिति बसाउन चालिएका कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोस्
-
सुधार गृह पठाउने तयारी गरिएका युवकको हतियार प्रहारबाट ३ जना घाइते
-
रास्वपालाई लिङ्देनको सुझाव – जनताले दिएको अवसर ऐतिहासिक छ, यसलाई नचुकाउनुस्
-
रास्वपालाई विभिन्न देशका पार्टीले दिए शुभकामना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण