एमालेको नेतृत्वमा मात्र मुलुक सही दिशातर्फ अगाडि बढ्छ : ईश्वर पोखरेल
वीरगन्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको नेतृत्वमा मात्र मुलुक सही दिशातर्फ अगाडि बढ्ने बताएका छन् ।
प्रेस चौतारी पर्साद्वारा आज वीरगन्जमा आयोजित पत्रकार सम्मेलन बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।
उनले भने, ‘हाम्रो पार्टीले नेतृत्व गरेमा आर्थिक विकासका समृद्धितर्फ ठोस योजनाका साथ अगाडि बढ्छ, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयमा अगाडि बढ्छ । सामाजिक सद्भाव कायम गर्ने सन्दर्भमा एमाले ठोस ढङ्गले जान्छ, देश बनाउने सपनाहरूलाई जागृत गर्ने सवालमा एमाले छलाङ मार्न सक्छ ।’
नयाँ समीकरणबाट बनेको सरकारमा आन्तरिक त्यस्तो कुनै पनि खटपट नरहेकोले गठबन्धन कुनै तलमाथि नहुने उनले जिकिर गरे । एमाले र कांग्रेस मिलेर सरकार बनाउने कुरामा कुनै दम नरहेको उनको भनाइ छ ।
गृहमन्त्री रवी लामिछानेको विवाद बारे सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा वरिष्ठ उपाध्यक्ष पोखरेलले भने,‘म मात्रै होइन हाम्रो पाटीले यदि ऊ दोषी छ भने त्यसको सत्यतथ्य अनुसन्धान गरेर कानुनी प्रक्रिया अगाडि बढाउन भनिरहेकै छ, त्यसमा हाम्रो कुनै रोकावट हुँदैन । तर छानबिन समिति अहिलेको आवश्यकता हो या होइन बुझ्न जरुरी छ, त्यही आधारलाई मूल्यांकलन गरेर हामी आफ्नो धारणा पनि दिइरहेका छौँ ।’
पत्रकार सम्मेलनमा एमालेका सचिव योगेश भट्टराई, एमाले नेता अच्युत मैनाली, सांसद राजकुमार गुप्ता लगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवल–नारायणगढ सडकको सर्भिस लेनमा धमाधम कालोपत्रे, तस्बिरहरू
-
नागार्जुन क्षेत्रमा ४६ मिलिमिटर वर्षा, केही ठाउँ जलमग्न
-
नेपाल–चीन लगानी सम्मेलन सम्पन्न
-
पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार
-
जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु
-
प्राकृतिक विपद्मा परेर ४६२ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण