मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दिल्लीका एक सय विद्यालयमा बम राखिएको धम्कीपूर्ण इमेल

बुधबार, १९ वैशाख २०८१, १३ : ४५
बुधबार, १९ वैशाख २०८१

नयाँ दिल्ली । दिल्ली-एनसीआरका क्षेत्रका करिब १०० विद्यालयमा बम राखिएको धम्कीपूर्ण इमेलहरू पठाइएको छ। दिल्ली पुलिसका अनुसार यो धम्की सोही इमेलबाट पठाइएको हो। यो इमेल रूसी सर्भरबाट बिहान ५ः ३६ मा पठाइएको थियो।

दिल्ली प्रहरी, बम डिस्पोजल स्क्वाड, दमकल र एम्बुलेन्स सबै विद्यालयमा पुगेका छन् । बमको खोजी भइरहेको छ । इमेल पठाउनेको पनि खोजी भइरहेको छ ।

इमेलमा डीपीएस द्वारका, डीपीएस वसन्त कुञ्ज, डीपीएस नोएडा, डीपीएस रोहिणी, ग्रीन भ्याली नजफगढ, मदर मेरी स्कूल मयुर विहार, संस्कृति स्कूल, डीएभी साउथ वेस्ट र अमिता साकेत लगायत नामहरू देखा परेका छन्। इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार १०० विद्यालयमा धम्कीपूर्ण मेल पठाइएको छ ।

यता गृह मन्त्रालयले भने अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको बताएको । ‘सुरक्षा निकायले कारबाही गरिरहेको छ । प्रोटोकल अनुसार कारबाही भइरहेको छ । यो झूटो धम्की पनि हुन सक्छ,’ मन्त्रालयले भनेको छ ।
अहिलेसम्म के कारबाही भयो ?

–धम्की पाएपछि विद्यालयले प्रहरी नियन्त्रण कक्षलाई जानकारी गराएका थिए ।
–प्रहरीको साइबर सेलले मेल ट्र्याक गर्न टोलीहरू खटाएको छ।
–धम्की पछि सुरक्षा प्रोटोकल लागू गरिएको छ।
–विद्यालयहरू खाली गरिएको छ। बालबालिकालाई घर पठाइएको छ ।
–अहिलेसम्म टोलीले कुनै पनि शङ्कास्पद वस्तु फेला पारेको छैन ।
–पुलिस र प्रशासनले अभिभावकहरूलाई चिन्ता नगर्न सल्लाह दिए। सुरक्षाका सबै उपाय अवलम्बन गरिएको बताइएको छ ।

कसले कहाँबाट पत्र पठायो  ?
रिपोर्टका अनुसार अहिलेसम्म आईपी ठेगाना एउटै रहेको प्रहरीले आशङ्का गरेको छ । एउटै ढाँचाको मेल सबै विद्यालयमा पठाइएको छ। साइबर सेलका अनुसार सर्भर रुसी थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप