मैत्रीपूर्ण टी–२० प्रतियोगिता
नेपालले लगातार गुमायो छैटौँ र सातौँ विकेट, जितबाट टाढिँदै
बुधबार, १९ वैशाख २०८१, १५ : १८
काठमाडौँ । तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजले दिएको दुई सय २८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले आफ्नो छैटौँ र सातौँ विकेट लगातार रुपमा गुमाएको छ ।
नेपालले छैटौँ विकेटका रुपमा विवेक यादवलाई गुमाएको हो । विवेक रन आउट भई पेभेलियन फर्किएका हुन् । आउट हुनुअघि विवेकले पाँच बलमा तीन रन जोडेका थिए । १४औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले एक सय चार रन बनाएको छ ।
त्यसलगत्तै नेपालले गुलसन झालाई पनि गुमाएको थियो । गुलसन १० बलमा ६ रन बनाउँदै आउट भएका हुन् । उनलाई वेस्ट इन्डिजका बलर ह्याडेन वाल्सले आफ्नो बलिङमा आफैले क्याच लिएर पेभेलियन फर्काएका हुन् ।
१४.२ ओभरमा गुलसन आउट हुँदा नेपालले एक सय ६ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण